img

कलाकार प्रिति पासवानको जीवन रक्षा गर्न सिडियोलाई ज्ञापनपत्र बुझाए


दिपेन्द्र पासवान ।
राजविराज,१७ भाद्र । नेपाल पासवान समाज सप्तरीले चर्चित कलाकार प्रिति पासवानको जीवन रक्षाको गर्न सप्तरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

नेपाल पासवान समाज सप्तरीले चर्चित कलाकार प्रिति पासवानको जीवन रक्षाको गर्न सप्तरी प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउदैं

आईतबार नेपाल पासवान समाज सप्तरीले जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो । कलाकार पासवानको जीवन रक्षाको लागि शान्ति सुरक्षाको प्रबन्ध मिलाउन प्रशासनसँग माग गरिएको छ ।

गत १० भदौमा बीरगंजस्थित गहवामाई मन्दिरमा पुगेकी पासवानमाथि केहि उच्छृङख्ल जमातले अभद्र व्यबहार गर्दै पूजापाठमा रोक लगाएको ज्ञापनमा जनाइएको छ ।

यस्तै, पासवान बस्ने बीरगंजस्थित भाडाको घरमा समेत पुगी तोड्फोड एवं त्रास फैलाउने कार्य गरिएको जनाउँदै ज्ञापनमा भनिएको छ, ‘सामाजिक संजाल फेसबुकमा लक्ष्मी मधेशके बेटी र किरण बानियाँ नामक परिचय राखेर खोलिएको एकाउन्टबाट प्रितीको चरित्र हत्या हुनेगरी भद्दा टिप्पणी गरी साइबर अपराध गर्दै आएकोप्रति हाम्रो आपत्ति छ ।’

कलाकार प्रिति पासवान

दोषीलाई कार्वाही गर्न माग
शान्ति सुरक्षाको व्यवस्था मिलाउँदै नेपालको संविधान २०७२ को धारा २४ बमोजिम दलित एवं दुसाध जाती भनी हेला गरी मन्दिरमा पूजापाठमा रोक लगाउनेमाथि ज्ञापनमा माग गरिएको छ । सप्तरी सिडियो मार्फत ज्ञापनपत्र बुझाउदैं दोषीलाई कार्यवाही नगरे तथा हाम्रो माग पूरा नभए चरणबद्ध आन्दोलनमा उत्रने पासवान समाजका सप्तरी अध्यक्ष उपेन्द्र पासवानले बुझाएको ज्ञापनमा चेतावनी दिइएको छ ।

 

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780