img

जातीय विभेद विरुद्धको लडाइँलाई अझ सशक्त बनाउने ः नगर प्रमुख कर्मी


वृन्दावन(रौतहत) १५ भाद्र । वृन्दावन नगरपालिका नगर प्रमुख विनोद प्रसाद कुर्मीले भने,– वृन्दावन नगरपालिकामा जातीय विभेद विरुद्धको लडाइँलाई अझ सशक्त बनाउने बताए ।

:जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा आपना सान्दर्भिक भनाइ राख्दै वृन्दावन नगरपालिका नगर प्रमुख विनोद प्रसाद कुर्मी

शुक्रबार वृन्दावन नगरपालिकाको सभाहलमा युएसएआईडी नेपालको आर्थिक सहयोगमा द एसिया फाउन्डेसनले कार्यन्वयन गरेको युएसआईडी नागरिक समाज र सञ्चार परियोजना तथा दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजनमा दलित समुदायका नागरिक समाज,जनप्रतिनिधि र पत्रकारहरुको सञ्जाल निर्माण र परिचालन परियोजना अन्तर्गत “दलित सशक्तिकरण ऐन २०७६ अनुरुप”स्थानीय तहमा हुने जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा सो कुरा बताएको हो ।

छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा आपना सान्दर्भिक भनाइ राख्दै वृन्दावन नगरपालिका नगर उपप्रमुख संगिता कुमारी राम

नगर प्रमुख कर्मीले समितिको संयोजक राजेश कुमार पासवान चयनप्रति खुसी व्यक्त गर्दै भने, “ दलित समुदायको उच्च मनोबल बढाउनकै लागि उदाहरणका रुपमा नगर उपप्रमुखको रुपमा संगिता कुमारी रामलाई निर्वाचित गराउन सफल भएको हो” ।

वहाँले दलित समुदायको हकहितका लागि कुनै कसर नरहने बताउदैं विगतमा भएको दलित समुदायको विकास निमार्णको कार्य तथा आगामी दिन दलित उत्थानका लागि समर्ग दलित समाज निमार्ण गर्नसमेत सझाब दिएको हो ।

छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा आपना सान्दर्भिक भनाइ राख्दै वृन्दावन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेल

सो अबसरमा छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा वृन्दावन नगर उप प्रमुख संगीता रामले जनप्रतिनिधि,राजनैतिक दलका नेता तथा कार्यक्रताहरु आफैंनै गाउँ र आफैंनै घरबाट छुवाछुत भेदभाव हटाउनु पर्ने बताउदैं भनिन् नव गठित समितिको भूमिकालाई महत्वपूर्ण ठहर गर्दै आगामी दिनमा नगरपालिकाले यस समितिलाई आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए ।
वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेलले नव गठित जातीय विभेद तथा छुवाछूत अनुगमन समितिलाई धन्यवाद दिदैं दलित समुदायलाई समतामूलक समाज निमार्णका दलित समुदायलाई विकास नभइ नहुने बताएको हो ।

वृन्दावन नगरपालिकामा वन गठित स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समितिका संयोजक राजेशकुमार पासवानलाई नगर प्रमुख विनोद कुमार कुर्मी तथा मञ्च कार्यक्रम अधिकृत अनुराधा दाहालले संयुक्त रुपमा निर्णय पुस्तिका हस्तान्तरण गर्दै ।

सो छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा वृहत छलफलद्धारा वृन्दावन नगरपालिका दलित कार्यपालिका सदस्य राजेश कुमार पासवानको संयोजकत्वमा ९ सदस्यीय स्थानीय तहमा हुने जातीय तथा छुवाछूत अनुगमन समिति गठन भएको हो । सो समितिमा सदस्यहरुमा दलित कार्यपालिका सदस्य पुनम देवी पासवान, दलित अधिकारकर्मी सुरेश पासवान र लक्ष्मिनिया देवी राम, राजनैतिक दलबाट राधेश्याम बैठा,रामजिवन राम,सुखल दास तत्मा,धरिक्षण राम र वृन्दावन नगरपालिका सामाजिक विकाश शाखा अधिकृत रासनारायण पटेल रहेका छन ।
उक्त समिति गठन कार्यक्रममा वृन्दावन नगरपालिकाका जनप्रतिनिधि,दलित अधिकारकर्मी तथा राजनैतिक दलका दलित प्रतिनिधिहरु लगायतका वक्ताहरुले दलित समुदायको हक अधिकारको संरक्षण, विकास, र उत्थानका लागि विभिन्न उपायहरु अगाडि सारेको छ । गठित समितिले छुवाछूत र विभेद विरुद्धको अभियानलाई थप सक्रिय र प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

 

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार