img

मधेस प्रदेश सरकारबाट लोक कल्याणकारी लागि एक करोड ५० लाख बजेट ः मन्त्री लेखी


जनकपुर, १३ भाद्र । मधेस प्रदेश सरकार गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेस प्रदेशका सञ्चारमाध्यमलाई प्रदेश सरकारबाट लोक कल्याणकारी विज्ञापनलगायतका कार्यक्रमका लागि एक करोड ५० लाख बजेट आमसञ्चार प्राधिकरणलाई उपलब्ध गराइएको बताउनु भएको छ ।

आमसञ्चार प्राधिकरण जनकपुर,मधेश प्रदेश

बिहिबार नेपाल पत्रकार महासङ्घ धनुषाको आयोजनामा जनकपुरधाममा ‘सञ्चार कानुनको निर्माण र कार्यान्वयनको अवस्था’ विषयक प्रदेशस्तरीय सम्वाद कार्यक्रममा म सञ्चारमन्त्री लेखीले सो कुरा बताउनु भएको हो ।
वहाँले लोक कल्याणकारी विज्ञापनलगायतका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख बजेट दिइनेछ । साथै पत्रकारिता क्षेत्रको समस्या समाधानका लागि मन्त्रालय सदेव तयार रहेको बताउनु हो ।
सञ्चारमन्त्री लेखीले ज्येष्ठ पत्रकार वृत्ति विकासका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन नभए पनि कार्यक्रमको सुरुआत गर्नका लागि प्रदेश सरकार तयार रहेको जानकारी दिनुभयो ।

वर्तमान सरकार पूर्णरुपमा नै पत्रकार तथा सञ्चारमैत्री भएकाले प्रदेश सरकारले बनाएको कानुनमा त्रुटि भएको खण्डमा सुधार गर्नका लागि पत्रकारसँग छलफल गर्न मन्त्रालय सधैँ तयार रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सैजुवालले महासङ्घले सातै प्रदेशमा प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयनको अवस्थाका विषयमा समीक्षा गर्ने क्रममा मधेस प्रदेशमा बनेको कानुनको समीक्षाका लागि कार्यक्रम गरेको बताउनु भएको हो ।
उहाँले अप्ठ्यारो अवस्थामा परेका सञ्चार माध्यमको सुरक्षा, ज्येष्ठ पत्रकार वृत्ति तथा पत्रकारिता पढ्न चाहनेका लागि छात्रवृत्ति उपलब्ध गराउनेतर्फ प्रदेश सरकार ध्यान दिनका लागि सुझाव दिनु भएको हो ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार