img

आईडियलको कुल सम्पत्ति १ अर्ब ४० करोड, थुप्रियो तरलता


राजविराज, ४ भाद्र । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नं.४ स्थित आईडियल सहकारी संस्थाले चालु आर्थिक वर्षको साउन महिनाको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

आईडियल सहकारी संस्था लिमिटेड राजविराजकाे प्रगति प्रतिवेदन

आईतबार प्रकाशित विवरण अनुसार संस्थाको सेयर पुँजी १२ करोड १२ लाख ४३ हजार २ सय रुपैयाँ पुगेको छ ।
संस्थाको जगेडा कोषमा ११ करोड २५ लाख रुपैयाँ, विभिन्न कोषमा ६७ लाख र संस्थागत पुँजी ११ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
१ अर्ब १ करोड ३७ लाख बचत रहेको संस्थाले ७८ करोड ३ लाख रुपैयाँ लगानी गरेको छ ।

१ अर्ब ४० करोड ३३ लाख कुल सम्पत्ती रहेको संस्थासँग ४५ करोड ६३ लाख रुपैयाँ (४५.०२ प्रतिशत) तरलता रहेको छ । १६ हजार ५ सय २७ जना सेयर सदस्य रहेको संस्थाबाट १ हजार २ सय १६ जनाले कर्जा लिएका छन् ।

बैंकहरुमा ब्याजदर कम भएसँगै सहकारीमा तरलता बढेको संस्थाका अध्यक्ष गणेश कुमार आशले बताए । ‘पछिल्लो समय आईडियल सहकारीप्रति सदस्यहरु र स्थानीयहरुको आशा र भरोसा बढेको छ । बचतमा निरन्तर वृद्धि भईरहेको छ’, अध्यक्ष आशले भने, ‘तर लगानी भने सोही अनुसार बढाउन सकिएको छैन । यसलाई हामीले ठूलो चुनौतीको रुपमा लिएका छौं ।’ साभार ः सहकारीखबर डटकम

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार