img

मञ्च र स्टोरीज अफ नेपालद्वारा पडेमराका आगलागि पीडित परिवारलाई जस्तापाता बितरण


अपूर्व समाचारदाता ।
कञ्चनपुर,३० बैशाख । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ५ पडेमराका आगलागि पीडित परिवारलाई एक कार्यक्रम बीच संयुक्तरूपमा जस्तापाता बितरण गरेको हो ।

पडेमराका अग्नीपिडितहरुलाई जस्तापता विवरण कार्यक्रम ।

आइतबार परेमारा बस्तिमा स्टोरीज अफ नेपाल र दलित सरोकार मञ्च नेपालले संयुक्तरूपमा गत बैशाख ९ गते भएको आगलागीबाट १४ परिवारको घर पूर्ण रुपमा क्षति भएका भएका थिए ।
आगलागी पिडीतका लागि स्टोरीज अफ नेपाल र दलित सरोकार मञ्च नेपालले फन्डरेज गरेर पहिलो चरणमा करिब ३ लाख ३४ हजार बराबरको जस्ता,मेग्रा र काटी सहितका समान वितरण गरिएको छ ।
पिडीत परिवारलाई प्रति परिवार २ बण्डलका दरले रंगीन जस्तापाता बितरण गरेको मञ्चका कार्यक्रम संयोजक राजकुमार पासमानले जानकारी गराएका छन् । पिडित मध्येकी एक सवितादेवी सरदारले जस्ता पाता सहयोगले घर बनाउन ठूलो सहयोग भएको बताएकी छिन् । उनले भनिन्,‘ खुल्ला अकाशमुनी बसको महिना दिन पुग्न लाग्दा समेत घर बनाउन कत्तैबाट सहयोग भएको थिएन,जस्ता पाता सहयोग भएपछि हामीलाई राहत भएको छ ।’

जस्तापता विवरण कार्यक्रममा स्टोरीज अफ नेपाल र दलित सरोकार मञ्च नेपाल सप्तरी पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिती ।

दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला कुमार पासमानले,–भने गत बिगतका बर्षहरुमा पनि स्टोरीज अफ नेपाल र दलित सरोकार मञ्च नेपालले संयुक्तरूपमा वडा नं.५ दलित युवतीहरुका लागि ३ महिने सिलाई कटाई तालीम,दलित महिलाहरूका लागि मुढा बनाउने तालीम,बाढीबाट पीडितलाई घर मर्मत र ६ जनाको घर निमार्ण,५० जना मुसहर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा,कोरोना समय र बाढीको बेला राहत वितरण लगायतका काम गरेको जानकारीे गराएका थिए ।
कार्यक्रममा बोल्दै निर्देशक पासवानले स्टोरीज अफ नेपालका संचालक जय पौडेललाई विगत लामो समयदेखी कञ्चनरुप ५का दलित समुदाय विपत्तका समयमा सहयोग गर्न सधै तत्पर रहेकोमा विशेष धन्यवाद दिएका थिए ।
उक्त कार्यक्रममा कञ्चनरुप नगरपालिका वडा नम्बर ५ का अध्यक्ष कैलाश साह,वडा नं.९ का अध्यक्ष राम सुन्दर यादब, कञ्चनरुप व्यापार संघका सचिव शशी साह,स्टोरीज अफ नेपालका बिजय कुमार चौधरी र सुरेन्द्र रायको उपस्थिति रहेका थिए । त्यसैगरी दलित सरोकार मञ्चका मनिष कोइराला र अनुराधा दाहाल ,स्थानीय नेताहरु चित्तरंजन यादव,कल्पना चौधरी ,बिजय चौधरी ,जिवछ सरदार ,सुरेश सरदार र बाबुराम सरदार समेतको उपस्तिथिमा पीडित परिवारलाई जस्तापाता वितरण गरेका थिए ।
दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासमानको अध्यक्षतामा तथा स्टोरी अफ नेपालका बिकास कुमार साहको विशिष्ट आतिथ्यमा आयोजित कार्यक्रममा आयोजना भएको थियो ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार