img

स्केच नेपालले “हुनेले दिएर जाउ,नहुनले लिएर जाउ” मुल नाराका साथ न्यानो लुगा वितरण कार्यक्रम सम्पन्न (फाेटाे फिचर सहित)


कञ्चनपुर,(सप्तरी) १ माघ । तराई मघेशमा केही हप्ता अत्याधिक चिसो बढेका कारण जनजिवन प्रभावित भएपछि स्केच नेपालले गरिब तथा विपन्नका लागि न्यानो लुगा संकलन तथा वितरण अभियान कार्यक्रम आईतबार सम्पन्न गरेको छ ।

न्यानाे लुगा वितरण अभियानमा प्राेत्साहन गर्न अाएका सामाजिक अभियान्ता भाेला पासवानसहित स्केच नेपालका परिवार ।

बालबालिकाको क्षेत्रमा काम गर्ने सामाजिक संस्था स्केच नेपालले “हुनेले दिएर जाउ,नहुनले लिएर जाउ” मुल नाराका साथ कञ्चनरुप नगरपालिका क्षेत्रका १ हजार भन्दा बढी गरिब,विपन्न,दलित सिमान्तकृत समुदायहरुका लागि न्यानो लुगा संकलन तथा वितरण गरिएका छन् ।
गत पौष २४ गते आईतबार स्केच नेपाल परिसरबाट नै संकलन तथा वितरण गरिएको अभियानमा कंचनरुप नगरपालिका लगायतका अन्य ठाउँबाट आएका विपन्नहरुलाई न्यानो लुगाहरु वितरण गरिएको हो ।

न्यानो लुगा संकलन तथा वितरण अभियान कार्यक्रममा प्राेत्साहन गर्न अाएका कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्तासहित स्केच नेपालका परिवार ।

सो अभियानलाई प्रोत्साहन लागि साथ एवम् सहयोग गर्ने कञ्चनरुप नगरपालिका वडा नं.८ का स्थानीयवासी, स्थानीय व्यापारी, विद्यार्थी, समाजसेवी,सञ्चारकर्मी तथा अन्य दाताहरूले वितरणका लागि नयाँ तथा लगाउने योग्य पुराना लुगाहरु उपलब्ध गराएका छन् । साथै अभियानलाई सहज र प्रभावकारी बनाउनका निम्ति कञ्चनरुप नगरपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुले स्वयंसेवकका रुपमा महत्वपूर्ण भूमिका निर्वाह गरी सहयोग गरेकोमा सम्पुर्णमा स्केच नेपाल परिवारले धन्यवाद ज्ञापन गरेका छन् ।
२०७९ पौष २४ गते देखि माघ १ गते सम्म संचालन गरिएको स्केच नेपाल कञ्चनरुप नगरपालिका वडा नं.८ सप्तरीका अध्यक्ष संदिप गुप्ताले बताए । सो अभियानमा न्यानो लुगा लिन बालबालिका,महिला,वृद्ध,असहायहरु सहभागिता रहेका थिए ।

न्यानो लुगा संकलन तथा वितरण कार्यक्रम सम्पन्न (फाेटाे फिचर सहित)

न्यानो लुगा संकलन तथा वितरण अभियान कार्यक्रम
स्थल ।
न्यानो लुगा संकलन तथा वितरण अभियान कार्यक्रममा स्वयंसेवक विधार्थीहरू ।
न्यानो लुगा संकलन तथा वितरण अभियान कार्यक्रममा नयाँ लुगा सानाे सहयाेग गर्दै अधिकारकर्मी राजकुमार पासवान ।
न्यानो लुगा संकलन तथा वितरण अभियान कार्यक्रममा बालबालिकाहरू।
न्यानो लुगा संकलन तथा वितरण अभियान कार्यक्रममा स्वयंसेवक विधार्थीहरू ।
गरिब तथा विपन्नका लागि न्यानो लुगा संकलन तथा वितरण अभियान”लाई न्यानो लुगा उपलब्ध गराउनु हुने सहयोगी हातहरु ।
न्यानो लुगा संकलन तथा वितरण अभियान कार्यक्रममा स्वयंसेवक विधार्थीहरू ।
गरिब तथा विपन्नका लागि न्यानो लुगा संकलन तथा वितरण अभियानमा सहयाेग गर्ने कञ्चनरूप नगरपालिका वडा नं.८ का वडा सदस्य निरज राैनियार ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार