कुशाहा,(सप्तरी) २४ पुस । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं.०५ स्थित कुशहामा पासवान जातिहरुको भेलाले नेपाल पासवान समाज सुरुङ्गामा पदमापृतम लाल पासवानको अध्यक्षतामा २५ सदस्य नगर समिति गठन गरिएको छ ।
सो समितिको उपाध्यक्षमा गणेश पासवान , कोषाध्यक्षमा सन्जु कुमारी पासवान , सचिबमा राम कुमार पासवान , सह सचिबमा दिनेश पासवानन ,सदस्यमा नौथनी पासवान,राम कुमार पासवान,हरि पासवान र चन्दन पासवान लगायत २५ सदस्य समिति रहेका छन् । साथै यस समिति सल्लाहकारमा महेन्द्र पासवान,शिव दर्शन पासवान र सत्य नारायण पासवान चयन भएका छन।
नेपाल पासमान समाज सप्तरीको आयोजनामा समाज सप्तरीका अध्यक्ष उपेन्द्र पासवाननको अध्यक्षता तथा सुरुङ्गा नगरपालिकाकी निवर्तमान नगर उप प्रमुख विन्दा कुमारी पासवानको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्लाका सचिव राम कृष्ण पासवान र कोषाध्यक्ष बिणा देवी पासवान उपाध्यक्ष सियाराम पासवान, अधिकारकर्मी दिपेन्द्र पासवान लगायत समाजसेबी,बुद्धिजिबि,महिला र युवाहरुको बाक्लो उपस्थितिमा रहेको थियो।
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...