कञ्चनपुर,८ असोज । प्रेस चौतारी नेपाल सप्तरी शाखाको अध्यक्षको पदमा डम्बर राईलाई जिम्मेवारी दिइएको छ।
प्रेस चौतारी नेपाल सप्तरी शाखाको सातौ जिल्ला अधिबेशन बाट निर्बाचित अध्यक्ष खगेन्द्र कार्की प्रेस चौतारी नेपालको नबौ राष्ट्रिय महाधिवेशन बाट केन्द्रिय सदस्यमा निर्बाचित भए पछि रिक्त रहेको जिल्ला अध्यक्ष पदमा शनिबार बसेको प्रेस चौतारी सप्तरी शाखाको बैठकले उपाध्यक्ष डम्बर राईलाइ जिल्ला अध्यक्ष को जिम्मेवारी दिने निर्णय गरेको छ भने सोहि बैठकको निर्णय अनुसार शाखाका दुई सह सचीव मधेस प्रदेश कमिटीमा निर्बाचित भइ रिक्त रहेको सह सचिब पदमा कार्य समिति सदस्य उत्सब आचर्यलाई सह सचिवको जिम्मेवारी प्रदान गरेको छ।
सो बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य दिवाकर देबकोटा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य बसन्त मिश्र प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज खगेन्द्र कार्की प्रेस चौतारी मधेस प्रदेश कमिटी महिला उपाध्यक्ष अर्चना परियार सदस्य पिन्टुकुमार यादव लगायतको उपस्थिति रहेको थियो।
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...