img

गृह मन्त्रालय र मिटर ब्याज पीडितबीच ५ बुँदे सहमति,भाेलीदखि आन्दोलन स्थगित हुने


अपुर्व न्युज
काठमाडौँ, १ असोज ।  मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समिति र गृह मन्त्रालय बीच ५ बुँदे सहमति भएको छ ।
सहमतिपछि ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिले काठमाडौँको माइतीघरमा साढे एक महिनाभन्दा लामो अन्तराल पछि आन्दोलनका कार्यक्रम स्थगित गर्ने भएको छ ।

शनिबार गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा गृह मन्त्रालयमा मन्त्रालयका तर्फबाट मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजकसमेत रहेका सहसचिव डा. भीष्मकुमार भूसाल तथा मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिको तर्फबाट अध्यक्ष रामसुरत गुप्ताले हस्ताक्षर गरेका छन् ।

गृह मन्त्रालय र समितिबीच मिटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदलको सिफारिस बमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक पिडा तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति पीडकबाट भराउन आवश्यक व्यवस्था मिलाउने सहमति भएको छ ।

उक्त सहमतीमा ऋणीले साँवा ब्याज चुक्ता गरेपछि फिर्ता गर्ने गरी साहुका नाममा जग्गा रजिष्ट्रेसन पास गरिदिएको तर साँवा ब्जाय पूरै चुक्ता गर्दा पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा उक्त जग्गा जुनसुकै तहसम्म बिक्री गरेको भए पनि साहुले उक्त जग्गा फिर्ता गर्न समन्वय गरी कानुनी व्यवस्था मिलाउने सहमति भएको छ ।

मिटर ब्याज विरुद पिडीतहरु ।

संघर्ष समितिले राखेका मागका सम्बन्धमा कार्यदलको प्रतिवेदनमा उल्लेखित सिफारिसको कार्यान्वयनका लागि मन्त्रिपरिषद्ले लिनुपर्ने आवश्यक निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने सहमति पनि भएको कार्यदलका संयोजक भूसालले जानकारी दिए ।

आन्दाेलनमा पीडित महिलासमेतकाे सहभागिता ।

मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिका सदस्यहरुले आफूहरुको माग पूरा गर्न सरकारले सहमति गरेकाले जारी राखिएको आन्दोलनमा रहेका मिटर ब्याज पीडितहरुलाई जानकारी गराएर आन्दोलनका कार्यक्रम फिर्ता गर्ने सहमतीसमेत भएका छन् ।

साे आन्दोलनमा सप्तरी,सिरहा,धनुषा एंवम् मधेश प्रदेशलगायत देश भरका मिटर ब्याज पीडितहरू आन्दोलनरत् छन् ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार