img

“मधेशमा सरकारप्रति नागरिक आक्रोश : मन्त्री लेखी


अपूर्व न्यूज समाचारदाता ।
लालबन्दी(सर्लाही),८ असार । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले वर्तमान सरकारप्रति नागरिकमा गहिरो असन्तुष्टि रहेको बताएका छन्।

छायांकन तथा सम्पादन सम्बन्धी सात दिवसीय प्रशिक्षण कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीसहित अन्य अतिथिगण ।

आइतबार सर्लाहीको लालबन्दीस्थित होटल युनाइटेड इनमा चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्ड, मधेश प्रदेश जनकपुरधामको आयोजनामा छायांकन तथा सम्पादन सम्बन्धी सात दिवसीय प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट साे कुरा बताउनु भयाे ।

मन्त्री लेखीले भने, “मधेशका जनतामा आक्रोश छ। यहाँका युवा दाजुभाइ र दिदीबहिनीहरूमा निराशा छ।  मधेश सरकार अझै पूर्ण रूपमा आत्मनिर्भर बन्न सकेको छैन। अझै धेरै कानुन, नीति र निर्देशिका निर्माणको आवश्यकता छ।”
लेखीले थपे,- मधेश प्रदेश अझै कर्मचारी, सुरक्षा तथा प्रशासनिक संरचनामा प्राप्त नगरेको अबस्थामा छ ।

आज पनि हाम्रो आफ्नै कर्मचारी व्यवस्था छैन, प्रहरी प्रशासन पूर्ण रूपमा हामीसँग छैन, इलाका प्रशासनको अधिकार प्राप्त गर्न बाँकी नै छ,” मन्त्री लेखीले स्पष्ट पारे ।

उनले सेवा प्रवाहको सन्दर्भमा भने, “जनतालाई सोचेजस्तै, चाहेझैँ सेवा दिन सकिएको छैन। सरकारको प्रयासका बाबजुद नागरिक अपेक्षा अनुसारको परिणाम दिन सकिएको अवस्था छैन।”
कार्यक्रम चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डका अध्यक्ष किशोर कुमार लेखीको अध्यक्षतामा सम्पन्न भएको हो।

छायांकन र सम्पादन तालिम उद्घाटनमा मन्त्री लेखीले भने ‘हामी अझै आत्मनिर्भर हुन सकेका छैनौं

कार्यक्रममा मिडिया काउन्सिल मधेश प्रदेशका मन्नु पासवान,बन्दना झा, प्रदेशभरिका सञ्चारकर्मी,चलचित्रकर्मी तथा दृश्य–श्रव्य माध्यममा संलग्न युवा सहभागी छन्।
साे सात दिनसम्म सञ्चालन हुने तालिममा चलचित्र तथा सञ्चार क्षेत्रका विज्ञहरूले छायांकन, सम्पादन र प्रविधि सम्बन्धी विभिन्न सैद्धान्तिक तथा प्रयोगात्मक सत्र लिने कार्यक्रम रहेको छ।


प्रतिक्रिया दिनुहोस् ।