img

मिडिया काउन्सिलको कार्यवाहक अध्यक्षमा सुरेश कुमार यादवलाई नियुक्त : गृहमन्त्री लेखी


जनकपुरधाम, ११असार । मधेश प्रदेश सरकार अन्तर्गत गृह, सञ्चार तथा कानुन मन्त्रालयले मिडिया काउन्सिल मधेश प्रदेशको कार्यवाहक अध्यक्षमा सुरेश कुमार यादवलाई नियुक्त गरेको छ।

मिडिया काउन्सिल मधेश प्रदेशका पदाधिकारीहरु ।

बुधबार गृह मन्त्रालयमा अघि अध्यक्ष पदमा नियुक्त भएका कमल उपाध्याय केही कारणवश निलम्बनमा परेपछि गृहमन्त्री मन्त्री राजकुमार लेखीको सिफारिसमा काउन्सिलका सदस्य सुरेश कुमार यादवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो।
यसअघि मधेश प्रदेश मिडिया काउन्सिलमा मन्नु कुमार पासमान (सप्तरी), बन्दना झा (सर्लाही), र रिंकु मिश्र (धनुषा) सदस्यका रूपमा नियुक्त भइसकेका छन्।
मन्त्री लेखीले मिडिया काउन्सिलको नेतृत्वलाई प्रभावकारी र जिम्मेवार बनाउने उद्देश्यले कार्यवाहक अध्यक्ष नियुक्त गरिएको जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस् ।