img

खानेपानी संकट समाधानमा प्रदेश सरकार सक्रिय : ८ वटा वारुणयन्त्र प्रभावित क्षेत्रमा परिचालन


अपूर्व न्यूज समाचारदाता ।
वीरगञ्ज, ३२ असार । मधेस प्रदेश सरकारले वीरगञ्जसहितका स्थानमा देखिएको गम्भीर खानेपानी संकट समाधानका लागि आपतकालीन राहत स्वरूप व्यापक कदम चालेको हाे।

मुख्यमन्त्री सतिश कुमार सिंहले बुधबार बिहान आफैं उपस्थित भइ वारुणयन्त्रहरूलाई प्रभावित क्षेत्रतर्फ पठाउँदै ।

प्रदेश सरकारको आपतकालीन व्यवस्थापन संयन्त्र अन्तर्गत रहेको आठवटा वारुणयन्त्र (फायर ब्रिगेड) लाई आज बिहानदेखि खानेपानी आपूर्ति गर्नका लागि अत्यधिक प्रभावित क्षेत्रहरूमा परिचालन गरिएको हो।
साे मुख्यमन्त्री सतिश कुमार सिंहले बुधबार बिहान आफै उपस्थित भइ वारुणयन्त्रहरूलाई प्रभावित क्षेत्रतर्फ पठाउँदै प्रदेश सरकार जनताको समस्या समाधानमा पूर्ण रूपमा क्रियाशील रहेको जनाउनुभयो। उहाँले भन्नुभयो, “हामी यो संकटको घडीमा नागरिकको साथमा छौं।

सहकार्य र समन्वयमा प्रदेश सरकार, संघीय सरकार र दातृ निकाय

राहत र समाधानका लागि सबै उपाय अपनाइनेछ।” एक वटा वारुणयन्त्रबाट पाँच हजार लिटर पानी एकैपटक पुर्‍याउन सकिने क्षमता रहेकोले आठवटा वारुणयन्त्रबाट कुल ४० हजार लिटर खानेपानी आपूर्ति गरिनेछ।

वीरगन्जमा ८ वटा वारुणयन्त्र प्रभावित क्षेत्रमा परिचालन।

यी वारुणयन्त्रहरू २४ सैं घण्टा सञ्चालनमा रहने छन्। खानेपानी वितरण कार्य प्रदेश सरकारको व्यवस्थापनमा नेपाली सेनाले सञ्चालन गर्नेछ।
यसअघि प्रदेश सरकारले वन कार्यालयअन्तर्गतका तीनवटा ट्याङ्करलाई समेत खानेपानी वितरणमा परिचालन गरिसकेको छ। साथै, नेपाली सेनाबाट थप सातवटा ट्याङ्कर र एउटा अतिरिक्त वारुणयन्त्र पठाउने तयारी भइरहेको छ।

खानेपानी संकट समाधानमा प्रदेश सरकार र सेनाको संयुक्त प्रयास

मुख्यमन्त्री सिंहले संघीय सरकार, स्थानीय तह र दातृ निकायहरूसँग सहकार्य गर्दै स्रोत र साधनको अधिकतम उपयोगमार्फत समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले प्रदेशका नागरिकहरूसँग संयम र सहकार्यका लागि अपिल पनि गर्नुभयो।


प्रतिक्रिया दिनुहोस् ।