img

अत्यधिक गर्मीका कारण कञ्चनरुप नगरपालिकाका सम्पूर्ण विद्यालय तीन दिनका लागि बन्द


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर(सप्तरी),२८ जेष्ठ । विगत केही दिनदेखि बढिरहेको अत्यधिक गर्मीका कारण विद्यालयमा पठनपाठनमा कठिनाई भएकाेले मध्यनजर गर्दै कञ्चनरुप नगरपालिकाका भित्र सञ्चालित सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूलाई तीन दिनका लागि बन्द रहने भएको हाे ।

फाइल फाेटाे
फाइल फाेटाे

सप्तरीको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले मंगलबार एक सूचना जारी गर्दै नगरपालिका भित्र सञ्चालित सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूलाई आगामी तीन दिनका लागि बन्द गरिने जानकारी दिएकाे हाे।

सामाजिक चासोले दियो फल: कञ्चनरुपमा सामाजिक सञ्जाल र समाचारको प्रभावले विद्यालय बन्दको निर्णय

विगत केही दिन यता बढिरहेको अत्यधिक गर्मीका कारण विद्यालयमा पठनपाठनमा कठिनाई उत्पन्न भएको र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको हो। नगर प्रमुख गुप्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएअनुसार विद्यालयहरू जेष्ठ २८ गते बुधबारदेखि जेष्ठ ३० गते शुक्रबारसम्म पठनपाठनका लागि बन्द रहने भनिएको हाे । यस अवधिमा विद्यालयका अत्यावश्यक प्रशासनिक कार्य भने सञ्चालन गर्न सकिने जनाइएको हाे।

गर्मीमा पानीको अति आवश्यक

स्थानीय तहमा सामाजिक चासो र सञ्चारमाध्यमको सक्रियताले ठोस नतिजा दिएको उदाहरण कञ्चनरुप नगरपालिकामा देखिएको छ। अत्यधिक गर्मीका कारण विद्यालय बन्द गर्नुपर्छ भन्ने विषयमा सामाजिक अभियन्ता तथा नागरिक सचेतक सन्दीप गुप्ताले जेष्ठ २६ गते आफ्नाे सामाजिक सञ्जाल फेसबुकमार्फत आवाज उठाएपछि सो विषयले व्यापक ध्यान खिचेको हाे।

त्यसैदिन अपूर्व न्यूज डटकम मा “गर्मीको बढ्दो असर: विद्यालयहरूले बालबालिकाको सुरक्षालाई लिएर विशेष सावधानी अपनाउनुपर्ने सुझाव” शीर्षकमा समाचार प्रकाशित भएपछि स्थानीय तहले तत्काल कदम चालेको देखिएको हाे।

साे सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत उठाइएको जनचासोलाई मध्यनजर गर्दै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले जेष्ठ २७ गते एक सूचना जारी गर्दै नगरभित्र सञ्चालित सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरू जेष्ठ २८ गते बुधबारदेखि जेष्ठ ३० गते शुक्रबारसम्म पठनपाठनका लागि बन्द रहने निर्णय गरेका छन्। उक्त बन्दलाई वर्षे विदाबाट कट्टा गरिने स्पष्ट गरिएको छ।
साे सूचनामा उल्लेख भएअनुसार विगत केही दिनदेखि बढिरहेको अत्यधिक गर्मीका कारण विद्यालयमा पठनपाठनमा कठिनाई भइरहेको र बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खतरा देखिएकोले यो निर्णय गरिएको हो।

नगरप्रमुख गुप्ताले भने,- “बालबालिकाको सुरक्षा र स्वास्थ्यप्रति जिम्मेवार रहनु स्थानीय सरकारको कर्तव्य हो। नागरिक आवाज र सञ्चारमाध्यमले दिएको सुझावप्रति हामी गम्भीर छौं।”

साे निर्णयले स्थानीय तहमा सामाजिक उत्तरदायित्व, सञ्चारको भूमिका र नागरिक सचेतनाको महत्व उजागर भएको छ। विद्यालय, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालालाई नगरपालिकाले यो निर्णयको पूर्ण पालना गर्न अनुरोधसमेत गरेको हाे।


प्रतिक्रिया दिनुहोस् ।