img

कञ्चनरुपमा नक्कली सुनको ठगी प्रयास असफल : सतर्क स्थानीयवासीको सूझबुझले दुई भारतीय नागरिक पक्राउ


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर(सप्तरी), २७ जेष्ठ । सप्तरीकाे कञ्चनरुप नगरपालिका वडा नं.१० स्थित भोडहा गाउँमा ठगी गर्न आएका दुई भारतीय नागरिक स्थानीयवासीले आज पक्राउ गरि प्रहरीलाई बुझाएको हाे ।

कानको सुन झिकाएर नक्कली सुन दिने नियतले ठगी गर्न प्रयास गरिरहेका उनीहरूलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएकाे हाे ।

प्राप्त विवरणअनुसार भारतको बदगम्मा क्षेत्रबाट आएका ती व्यक्तिहरू भोडहाका दुलेखा कर्णको घरमा ड्रमको कब्जा बनाइदिने बहानामा प्रवेश गरेका थिए त्यसपछि उनीहरूले सुन सफा गरिदिने भन्दै घरधनी महिलालाई फकाएर कानको सुन झिकाए र त्यसको सट्टा नक्कली सुन फिर्ता दिएका थिए।

  “ड्रम बनाउने बहानामा ठगी: नक्कली सुनसहित दुई जना पक्राउ”

तर महिलाले शंका गरेपछि सुन परीक्षण गराइएको थियो। परीक्षणपछि सुन नक्कली भएको पुष्टिसँगै स्थानीयवासीले ती ठगहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय कञ्चनपुरलाई खबर गरेका थिए। पक्राउ परेका व्यक्तिमध्ये एक जनाको नाम प्रमोद शाह रहेको खुलाइएको छ।

स्थानीबासीकाे प्रयासमा नक्कली सुनसहित दुई भारतीय ठग पक्राउ”

साे इलाका  प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुबै व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ। साथै प्रहरीले यस्ता किसिमका ठगी प्रयासबाट सतर्क रहन र अपरिचित व्यक्तिको मीठा कुरामा विश्वास नगर्न स्थानीयवासीलाई आग्रह गरेको हाे ।


प्रतिक्रिया दिनुहोस् ।