img

कञ्चनरुपमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना, एकजनाको मृत्यु


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर, १४ चैत्र । सप्तरीको कञ्चनरुप नगरपालिका–१०, बदगामा पूर्व–पश्चिम राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का व्यक्ति गम्भीर घाइते भएका छन् ।
बुधबार १३ गते राति करिब १० ः४० बजेतिर भारदहबाट कञ्चनपुरतर्फ आउदैं गरेको प्रदेश २–०२–०१६ प १२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा पल्टिदाँ उक्त दुर्घटनामा रुपनी गाउँपालिका वडा नं.४ का ३४ वर्षीय सन्तोष ईसर र हाल नामथर नखुलेका अर्का पुरुष गम्भीर घाइते भएका थिए ।  तत्काल उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको हो ।
उपचारकै क्रममा विराटनगरस्थित नोबेल अस्पताल सोही राति १२ ः२० बजे नामथर नखुलेका घाइते पुरुषको मृत्यु भएको हाे ।  सो प्रहरी अनुसन्धानको क्रममा कञ्चनरुप नगरपालिका–१२, रुपनगरका २७ वर्षीय बिक्रम बञ्जरा भएको बुवामार्फत पुष्टि गरिएको हो ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय, कञ्चनपुरबाट टोली खटिएको हो । दुर्घटनामा संलग्न मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस् ।