कञ्चनपुर,(सप्तरी)१० फागुन । भारतको उत्तर प्रदेशस्थित प्रयागराज (कुम्भ) स्नान गरेर फर्किने क्रममा गोरखपुरमा स्कार्पियो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन्।
शुक्रबार उत्तर प्रदेशको गोरखपुरमा विपरीत दिशाबाट आइरहेको ट्र्याक्टर र सप्तरीको कञ्चनरुपका भक्तजन सवार स्कार्पियो आपसमा ठोक्किँदा दुर्घटना भएको पारिवारिक स्रोतले जनाएको छ।
साे मृत्यु हुनेहरूमा कञ्चनरुप नगरपालिका वडा नं. ७ का शिक्षक उपेन्द्र नारायण चौधरीकाे श्रीमती लिलादेवी चौधरी, कञ्चनरुप नगरपालिका वडा नं.७ का पर्शुराम चौधरी, कञ्चनरुप नगरपालिका वडा नं.५ पिपरा पूर्वका जितु यादवकाे श्रीमती हरिहरदेवी यादव तथा सुनसरीको काेशी गाउँपालिका–१ की समतोलिया देवी यादव रहेका छन्।
घटनामा शिक्षक उपेन्द्र नारायण चौधरी, जितु यादव लगायत छ जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई गोरखपुरको स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी महेन्द्र नेपालले घटनाबारे औपचारिक जानकारी आउन बाँकी रहेको र थप विवरण संकलन भइरहेको बताएका छन्।
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...