अपूर्व न्यूज समाचारदाता ।
धरान १२ माघ । धरान उपमहानगरपालिका नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले आफूविरुद्ध उजुरीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ईटहरीस्थित कार्यालयलाई गम्भिर राय सुझाब दिएको हो ।

शुक्रबार धरान उपमहानगरपालिका नगर प्रमुख हर्कराज राईले धरान बासिन्दाको जीवनयापनलाई सहज बनाउन पानीको नियमित र व्यवस्थित आपूर्ति गर्ने उद्देश्यसहित यो आयोजना सञ्चालन भइरहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार नगरवासीका लागि पानी मात्र विकासको सूचक नभई जीवनको आधारभूत आवश्यकता हो ।
सो धरान उपमहानगरपालिका नगर प्रमुख राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी सुनशरीको नाममा राय प्रतिकृया जारी गरि सो पत्र भनिएको छ “कोकाहा खोलाको पानी ४२ किलोमिटर टाढाबाट भीर पाखा, डाँडाकाँडा, झोर जङ्गल, खोला खोल्सी, उकाली ओराली, भंज्याङ चौतारी छिचोल्दै घुमाउँदै घुमाउँदै… घुमाउँदै घुमाउँदै… घुमाउँदै घुमाउँदै……… घुमाउँदै घुमाउँदै लड्दै र पड्दै… तान्यो… तान्यो… एक्छिन है… विस्तारै सुल्काउँ है… भन्दै… ओहोइ भर्नु त… भन्दै घरी घरी नाच्दै र गाउँदै पनि… विजोग रमाइलो गरी ल्याउँदैछौ है ल्याउँदैछौं ।
राय प्रतिकृयामा केन्द्र सरकारलाई कोशीबाट पानी ल्याइदिनु है भनेर वर्षों विन्ति विसाउँदा पनि नसुनेकोले अस्ति थोत्रे गाग्री लिएर सिंहदरबार पुगेको धरानका नगर प्रमुख राई भने, ।
जनतालाई पानी चाहिएको छ है तत्काल पानी चाहिएको छ । आश्वासन र कागजको खोस्टा होइन पानी चाहिएको छ के । त्यसैले हाम्ले श्रमदान गर्नु परेको हौ… खोइ कुरा बुझ्या” गम्भिर राय प्रतिकृया दिएको हो ।
धरानको खानेपानी संकटः समाधानमा राजनीति नगर्न आग्रह
धरान उपमहानगरपालिकाले राय प्रतिकृयामा खानेपानी समस्यालाई हल गर्न विशेष ध्यान दिनुपर्ने विषयमा स्पष्ट धारणा प्रस्तुत गरेको छ। खानेपानी व्यवस्थापनमा अवरोध सिर्जना गर्नेहरूलाई ’फटाहा’ भन्दै स्थानीय तहमा राजनीतिक स्वार्थ राखेर समस्यालाई उल्झाउने कार्य नगर्न कडा सन्देश प्रवाह गरिएको छ ।
राय प्रतिकृयामा भनिएको छ, “पानी भनेको विकास होइन, जीवनको आधार हो। पानी जनताको आधारभूत आवश्यकता भएकाले यसमा राजनीति गर्नु हुँदैन।
राज्यले उपलब्ध गराएको बजेट र स्रोतको दुरुपयोग गरेर जस्तोसुकै संरचना बनाएको भए पनि खानेपानी समस्या समाधान नगर्नु जनता माथिको अन्याय हो ।”
सो मेलम्ची, दमक टावरजस्ता संरचनात्मक परियोजनाको आलोचना गर्दै धरान उपमहानगरपालिकाले समुदायको सक्रिय सहभागिता र श्रमदानलाई सकारात्मक दृष्टिकोणले हेर्नुपर्नेमा जोड दिएको छ।
“ताली बजाउनु त परको कुरा, यत्रो श्रमदान अभियानको खेदो खन्ने प्रवृत्तिले तिर्खाएका जनताको श्राप लाग्न सक्छ,” राय प्रतिकृयामा चेतावनी दिइएको हो ।
नगर प्रमुखले थप गरे, “धरान मात्र होइन, देशभरि खानेपानीको विषयमा जनताको आवाज सुन्न र आवश्यक नीति निर्माण गर्न सबै तहका सरकारहरू उत्तरदायी हुनुपर्छ । पानीको समस्या समाधान नगर्नेहरूलाई भविष्यमा जनताले नै जवाफ दिनेछन्।”
“पानी माग्न जनता फेरि यहाँ आउलान,“ यो चेतावनीसँगै धरानका स्थानीय जनताले खानेपानी समस्या समाधानका लागि सरकारलाई सक्रियताका साथ काम गर्न आह्वान गरेका छन्।