पिपरा(महोत्तरी),१४ पुष । महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले,भने दलित समुदायकाे विकास तथा उत्थानका लागि विशेष बजेट विनियोजन गर्ने बताएको हाे ।

आइतबार गाउँपालिकाको सभाहलमा आयोजित पिपरा गाउँपालिकाकाे नीति, कार्यक्रम र बजेटमा दलित समुदायको पहुँच विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै साे कुरा बताउदै भने, विशेष कार्यक्रम कार्यान्वयन गर्न बजेट छुट्याउने बताएकाे हाे ।
कार्यक्रममा अध्यक्ष यादवले विगतमा राज्यले दलित समुदायमाथि गरेको विभेदका कारण उनीहरू पछाडि परेको तथ्यलाई स्वीकार गर्दै, राज्यले बनाएको नीति प्रभावकारी रूपमा लागू गर्न पालिका प्रतिबद्ध रहेको उल्लेख गरेकाे हाे ।
साे अन्तक्रिर्या कार्यक्रममा अध्यक्ष यादवले पिपरा गाउँपालिकाको कार्यपालिकामा ४० प्रतिशत दलित सदस्य रहेको जानकारी गराउँदै, स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समितिलाई दलित सशक्तीकरणका लागि प्रभावकारी योजना प्रस्तुत गर्न आग्रह गरेकाे हाे ।
साे कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष बन्दना पाण्डेयले पनि कार्यक्रमलाई सम्बोधन गर्दै दलित समुदायका लागि पालिका सहजीकरण गर्न तयार रहेको बताइन्।
साे अन्तक्रिर्या कार्यक्रममा दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक भोला पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक मनिष कोईरालाले पिपरा गाउँपालिकामा दलित समुदायको पहुँचबारे अध्ययन प्रतिवेदन प्रस्तुत गरे। कार्यक्रममा सहभागीहरूले यस्तो कार्यक्रमले पालिकाको उत्तरदायित्वलाई थप प्रभावकारी बनाउन मद्दत पुर्याउने धारणा राखेकाे हाे ।
पिपरा गाउँपालिकाले दलित लक्षितकाे लागि २०७९/०८० आर्थिक वर्षको बजेटमा पिपरा गाउँपालिकाले दलित समुदायका लागि ७५ लाख ८८ हजार विनियोजन गरेको थियो, जुन कुल बजेटको ०.८९ प्रतिशत मात्र हो। यो रकम दलित समुदायका छात्रवृत्ति, सामुदायिक भवन निर्माण, सीपमूलक तालिम र सांस्कृतिक कार्यक्रमका लागि छुट्याइएको थियो।
२०८०/८१ आर्थिक वर्षका लागि पिपरा गाउँपालिकाले ५२ लाख २ हजार दलित लक्षित बजेट छुट्याएको छ, जुन कुल बजेटको १.११ प्रतिशत हाे ।
साे कार्यक्रम सञ्चालन पत्रकार कुलदीप दासले गरेका थिए।