img

पाेखरिया नगरपालिका र विश्रामपुर गाउँपालिकामा छुट्टाछुट्टै स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन


पोखरिया (पर्सा),१३ पुस । पर्साको पोखरिया नगरपालिका तथा बाराको विश्रामपुर गाउँपालिकामा छुट्टाछुट्टै स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन भएको हो ।
युएसएआईडी नेपालको आर्थिक सहयोगमा द एसिया फाउन्डेसनले नेपालमा कार्यन्वयन गरेको र दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजनमा युएसआईडी नागरिक समाज र सञ्चार परियोजना अन्तर्गत “दलित सशक्तिकरण ऐन २०७६ अनुरुप” उक्त जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन गरिएकोे हो ।

शुक्रबार पर्साको पोखरिया नगरपालिकामा कार्यपालिका सदस्य तेतरी देवी तत्माको संयोजकत्वमा ९ सदस्यीय स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन भएको हो ।

सो समितिमा सदस्यहरुमा मनोनित दलित अधिकारकर्मी सुरेश पासवान,पभविपी देवी राम,राजनैतिक दलबाट लोकतान्त्रिक समाजवादी पार्टीबाट सुरेश राम,माओवादीबाट राजेश राम,एमालेबाट शिवराम राम, काँग्रेसबाट नन्दु पासवान र पोखरिया नगरपालिकाका सामाजिक शाखाका शाखा अधिकृत नरेन्द्र साह रहेका छन ।

बिहीबार बाराको विश्रामपुर गाउँपालिकामा कार्यपालिका सदस्य बिसमतीय देवी चमारको संयोजकत्वमा ९ सदस्यीय स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति गठन भएको हो ।

सो समितिमा सदस्यहरुमा दलित कार्यपालिका सदस्य सिकली देवी, विश्रामपुर गाउँपालिकाबाट मनोनित दलित अधिकारकर्मी शर्मा बैंठा,रुना देवी पासवान,राजनैतिक दलबाट लोकतान्त्रिक समाजवादी पार्टीबाट सिकेन्द्र पासवान,माओवादीबाट लबकुश बैंठा,एमालेबाट सुनिल पासवान,काँग्रेसबाट हिमकेश पासवान र विश्रामपुर गाउँपालिका सामाजिक शाखाका शाखा अधिकृत अलि अकबर हुसेन रहेका छन ।
सो अबसरमा छुवाछूत अनुगमन समिति गठन कार्यक्रमममा सहभागिहरुले दलित समुदायको विकास तथा उत्थानका लागि जातीय विभेद तथा छुवाछूत अनुगमन समितिलाई प्रभावकारी तबरले अगाडी बढाउने,सहयोग एवम् समग्र कार्यान्व्यनको बिषयमा सहकार्य गरेर अगाडी बढने बताए ।
उक्त छुवाछूत अनुगमन समिति गठन कार्यक्रममा मञ्चकी परियोजना कार्यक्रम अधिकृत अनुराधा दाहालले परियोजनाको उदेश्य,समग्र परियोजनाको गतिविधि बारेमा सहजिकरण गरिएको हो ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780