अपूर्व न्यूज समाचारदाता ।
काठमाडौं , ९ पुष । मधेशी आयोगकी सदस्य आभा कुमारी (आभा सेतु सिंह) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै प्रथम उपाधि जित्न सफल भएकोमा हार्दिक बधाई तथा शुभकामना दिएकी छिन् ।

साेमबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै ऐतिहासिक जितले मधेश प्रदेशको शान, मान र गरिमा थप उच्च बनाएको छ। जनकपुर बोल्ट्सले खेल मैदानमा मात्र नभई सामाजिक सद्भाव र सहिष्णुताको आदर्श प्रस्तुत गर्दै उत्कृष्ट प्रदर्शन गरेकोमा टिमलाई हार्दिक बधाई व्यक्त गरिएकी छिन्।
जनकपुर बाेल्ट्सकाे जितपछि पूर्वसंध्यामा पुष ५ गते शनिबार अराजक तत्वद्वारा जनकपुर बोल्ट्सको मनोबल गिराउन खेल मैदानदेखि सामाजिक सञ्जालसम्म विभिन्न अभद्र गतिविधि गरिएको थियो।
जनकपुर बोल्ट्सका खेलाडीले शून्य सहनशीलताको नीति अपनाउँदै आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गरी टिमलाई विजय दिलाएकाे हाे ।
मधेश प्रदेशका अधिकार र सम्मान संघर्षबाट मात्र प्राप्त गर्न सकिन्छ भन्ने पाठ युवा पुस्तालाई सिकाउँदै जनकपुर बोल्ट्सले उदाहरण प्रस्तुत गरेको उल्लेख गरिएको छ।
मधेशी आयोगकी सदस्य आभा कुमारी (आभा सेतु सिंह) ले भनिन् यो ऐतिहासिक जितप्रति बधाई ज्ञापन गर्दै भनेकी छिन्, “जहाँ चुनौती हुन्छ, त्यहाँ अवसर पनि हुन्छ। चुनौतीलाई स्वीकार्ने योद्धाहरू नै जीतको उत्तराधिकारी हुन्छन्।”
सदस्य सिंहले भनिन् पछिल्लो घटनालाई पुनः चुनौतीको रूपमा लिएर आगामी संस्करणमा पनि मधेश प्रदेशको नाम राख्न आह्वान गरेकी छिन्।
साे सदस्य सिंहले भने,अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सामाजिक सद्भाव कायम गर्न सबैलाई सहकार्य गर्न अपिल गरेकी छिन् ।