img

जनकपुरको बलियो प्रदर्शन: विराटनगरमाथि ८ विकेटको शानदार जित


काठमाडौं ,१५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा जनकपुर रोयल्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ।

विराटनगरले दिएको १२७ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो।

जनकपुरका लागि लाहिरू मिलन्थाले ७५ रनको नटआउट अर्धशतकीय पारी खेले। उनले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे। उनलाई हर्ष ठाकेरले साथ दिँदै नटआउट २९ रन बनाए ।

जनकपुर रोयल्सले पुरस्कार ग्रहण गर्दै ।

यसअघि, टस हारेर ब्याटिङ गरेको विराटनगर किंग्स १९ ओभरमा मात्र १२७ रनमा अलआउट भयो। टोलीका लागि मार्टिन गप्टिलले ५५ रन बनाए पनि अन्य ब्याटरले सन्तोषजनक प्रदर्शन गर्न सकेनन्। जनकपुरका बलरहरूमध्ये ललित राजवंशीले ३ विकेट लिए भने हर्ष ठाकेर र किशोर महतोले २-२ विकेट लिए। मोहम्मद मोहसिन र वेन माइकले पनि १-१ विकेट लिएर बलिङमा योगदान गरे।

यो जितसँगै जनकपुरले प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको छ।


प्रतिक्रिया दिनुहोस् ।