सानोठिमी(भक्तपुर), १५ मंसिर । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक विवरण अद्यावधिक गर्न सबै सामुदायिक विद्यालय र स्थानीय तहलाई विशेष ध्यान दिन आग्रह गरेको छ।
साे शिक्षक दरबन्दी मिलानको लागि केन्द्रीय स्तरमा गठन गरिएको कार्यदलले शिक्षकसँग सम्बन्धित आवश्यक तथ्यांक एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) मा अद्यावधिक नगर्दा विभिन्न समस्याहरू देखा परेको जनाएको छ।
२०८१ असाेज ३० गते सूचना प्रकाशित भए पनि धेरै विद्यालयहरूले शिक्षक विवरण अद्यावधिक नगरेको पाइएको छ। यस्तो स्थिति शिक्षक व्यवस्थापन, दरबन्दी पुनःवितरण र मिलान प्रक्रियामा जटिलता उत्पन्न गरिरहेको छ।
साे शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०८१ मंसिर मसान्तसम्म शिक्षक विवरण अद्यावधिक गरिसक्न निर्देशन दिएको छ।
साथै, सम्बन्धित शिक्षकहरूले पनि आफ्नो विवरण IEMIS प्रणालीमा अद्यावधिक भए-नभएको पुष्टि गर्नुपर्नेछ।
जिम्मेवारीको स्पष्टीकरण
समयमा विवरण अद्यावधिक नगर्ने विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई समस्या उत्पन्न भएमा पूर्ण जिम्मेवार हुने चेतावनी दिइएको छ।
यता शिक्षा विकास निर्देशनालय र शिक्षा विकास तथा समन्वय इकाइलाई समन्वय र सहजीकरणमा सक्रिय हुन आग्रह गरिएको छ।
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...