img

३ सय ३३ पिस अवैध जर्सी प्रहरीको नियन्त्रणमा


कञ्चनपुर, २६ कात्तिक । सप्तरी जिल्लाको राजविराज नगरपालिका वडा नं. १२ अन्तर्गत झलही नहर सडक खण्डमा अवैध रूपमा भन्सार छली गरी भारतबाट ल्याइएका ३ सय ३३ पिस जर्सी प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
सोमबार राती जिल्ला सप्तरी प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले क्षेत्रको नियमित गस्ती गर्दै गर्दा उक्त अवैध सामान फेला परेको हो । प्रहरीको उपस्थितिलाई देखेर जर्सी ल्याउने व्यक्तिहरू सामान सोही स्थानमा छाडी भागेको बताइएको छ ।
प्रहरीले छोडिएका बोराहरूको १ लाख ६६ हजार ५ सय रुपैयाँ बराबरका ३ सय ३३ पिस जर्सीहरू बरामद गरिएको हो । उक्त जर्सीहरू कानूनी प्रक्रिया अन्तर्गत भन्सार कार्यालयमा बुझाइएको छ ।
सप्तरी प्रहरीका अनुसार भन्सार छली तथा चोरी पैठारीविरुद्धको गस्तीमा प्रहरी टोलीले नियमित रूपमा निगरानी राख्ने गरेको र अवैध क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कानूनी कठघरामा ल्याउन निरन्तर प्रयास गरिरहेको बताए ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

मिति २०८१।०७।१९ गते दिउँसो १ बजे श्री क.न.मा.वि. रायपुर स्कूलबाट SLC पास गरेको भु.पु. विद्यार्थीहरुको भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम रहेकोले तपाईको उपस्थितीका लागि आमन्त्रणका साथै नजिकको साथिहरुलाई जानकारी गराउनुहुन अनुरोध छ । उमेश कुमार यादव 9804752133