जनकपुर, ११ कात्तिक । नेपाली कांग्रेसका उपसभापती तथा नेता विमलेन्द्र निधिले जनकपुरको ऐतिहासिक चुरोट कारखाना निजीकरण गर्न खोजिएको दाबी गर्दै यसलाई संघीयताको मर्मविपरीतको षड्यन्त्र भनेका छन् ।
आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यो योजनालाई प्रदेशको स्वायत्ततामाथिको हस्तक्षेपको रूपमा व्याख्या गरिएकाे हाे ।
गृहमन्त्री हुँदा कारखानालाई मधेस प्रदेशको मातहत ल्याउने प्रक्रिया थालेको उल्लेख गर्दै निधिले भने, “म गृहमन्त्री हुँदा नै यो कारखाना प्रदेश मातहतमा राख्नका लागि निर्णय गराइसकेको थिएँ।“ धनुषा जिल्ला प्रशासन कार्यालयको मातहतमा ल्याइएको जनकपुर चुरोट कारखानालाई पुनः निजीकरण गर्ने प्रयास संघीयता र प्रदेशको अधिकारमाथिको अतिक्रमण भएको उनको भनाइ छ।
यस विषयमा संघीय उद्योगमन्त्रीसँग आफूले छलफल गरेको जानकारी दिँदै निधिले मन्त्रीले “केवल लाइसेन्स नवीकरणको प्रक्रिया मात्र अघि बढाइएको“ जवाफ दिएको बताए। तथापि, उनले यसलाई गम्भीरतासाथ लिँदै प्रदेश सरकार र स्थानीयहरूलाई सतर्क रहन आग्रह गरेकाे हाे ।
“मधेस प्रदेशको सम्पत्तिमा निजीकरणका नाममा हस्तक्षेप भयो भने हामी आन्दोलनमा उत्रिन बाध्य हुनेछौँ,“ निधिले चेतावनी दिए।
चुरोट कारखानालाई निजीकरणको प्रयास संघीयता विरोधी कार्य भएको भन्दै निधिले मधेस प्रदेशको स्वायत्तता र यसको सम्पत्तिको सुरक्षा गर्न सबै तहमा आवाज उठाउन आवश्यक रहेको जनाएका हाे ।
Loading items...
Loading posts...
Loading products...
Loading ad spaces...