img

कङ्कालिनी र छिन्नमस्ता मन्दिरमा भक्तजनको भीड

छिन्नमस्ता मन्दिरमा भक्तजनको भीड

सखडा (सप्तरी), २३ असोज । दसैंको छैटौँ दिन सप्तरी जिल्लाकाे कङ्कालिनी र छिन्नमस्ता मन्दिरमा भक्तजनको चहलपहल बढेको छ ।
नवरात्रीको आज बिहानैदेखि कङ्कालिनी र छिन्नमस्ता मन्दिरमा भक्तजनको भीड लागेको छ । नवरात्रमा यी शक्तिपीठमा हजारौँ भक्तजन आउने गरेका स्थानीयले बताएको हो । जिल्लाका विभिन्न स्थान र भारतको विहार राज्यबाट पनि धेरै भक्तजन पूजा गर्न आउने गरेका छन् । घटस्थापनाका दिनदेखि नै यी शक्तिपीठमा भक्तहरू भजन तथा देवीस्तुतिका साथ पूजाअर्चना गर्दछ ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।