img

मौसम विज्ञान विभागका अनुसार आज कोशी प्रदेशमा भारी वर्षा हुने


अपूर्व न्यूज सामाचरदाता ।
काठमाडौँ, १८ असोज । आज देशका पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बङ्लादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हल्का र मध्यम वर्षा हुने
भारी वर्षा हुने सम्भावना

विभागका अनुसार कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छ भने कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

यसैगरी, आज दिउँसो कोशी, मधेस ,बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुने तथा कोशी, बागमती, र गण्डकी तथा बाँकी प्रदेशका एक–दुई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराईका केही स्थानहरुमा हुरीबतास चल्ने सम्भावना रहेको छ ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780