img

रूपनगर नन्दराज संग्रौला क्याम्पसमा सार्वजनिक पुस्तकालय स्थापना


अपूर्व न्यूज समाचारदाता
कञ्चनपुर, ३ भाद्र । सप्तरीको रूपनगर नन्दराज संग्रौला क्याम्पसमा ‘रूपनगर सर्वोदय पुस्तकालय’ नामक सार्वजनिक पुस्तकालय स्थापना गरिएको हो ।
आइतबार रूपनगर नन्दराज संग्रौला क्याम्पस परिसरमा सार्वजनिक पुस्तकालयलाई उच्च अदालत राजविराज–जनकपुर इजलासका न्यायाधीश अर्जुन अधिकारीले एक समारोहको बीच उद्घाटन गरेको हो ।

सार्वजनिक पुस्तकालय उद्घाटन समारोहमा सहभागिहरु ।

पुस्तकालयको उद्घाटन गर्दै न्यायाधीश अधिकारीले पठन संस्कृति हराउँदै गएको हाम्रो समाजमा पढ्ने र अनुसन्धान गर्ने बानी बसाल्न यो पुस्तकालयले मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
सो पुस्तकालयमा पाँच हजार भौतिक पुस्तकका साथै केही हजार ‘अफ लाइन’ इ–पुस्तक राखेर आरम्भ गरिएको रूपनगर सर्वोदय पुस्तकालयमा आधा दर्जन विश्व स्तरीय ‘अनलाइन’ पुस्तकालयमा समेत पहुँच कायम गरिएको क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले जानकारी दिए ।

पुस्तकालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन गुप्ताले नगरपालिकाले यस वर्ष एउटा सार्वजनिक पुस्तकालयका लागि वजेट छुट्याएको बताए । उनले रूपनगर क्याम्पस र यो पुस्तकालयलाई समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकाे हाे ।

हाल अमेरिकाको टेक्सास बस्नु हुने इञ्जिनियर विजयराज भट्टराईको आर्थिक संयोजन तथा सहयोगमा रूपनगर सर्वोदय पुस्तकालय स्थापना गरिएको प्राध्यापक गजुरेलले जानकारी दिए । नेपाली भाषा, साहित्य र संस्कृति नै प्रवासमा नेपालीको पहिचान हो भनेर टेक्सासमा नेपालीहरूद्वारा सञ्चालित ‘ग्लोबल नेपाली पाठशाला’ मा करिव ६ वर्ष प्रिन्सिपलका रूपमा नेतृत्व गरेका भट्टराईले टेक्सासका समाजसेवीहरूको सहयोगमा ‘सर्वोदय फाउण्डेसन नेपाल’ स्थापना गरी मानव सेवा गर्दै आएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बिबिएस पढाइ हुने सप्तरी जिल्लाको रूपनगर स्थित रूपनगर नन्दराज संग्रौला क्याम्पसमा पुस्तकालय स्थापना तथा सञ्चालनका लागि इञ्जिनियर विजयले झण्डै १३ लाख रूपिंयांँ सहयोग गरेको क्याम्पसले जनाएको छ । अध्ययन, अनुसन्धान समाज विकासको जग हो भन्ने मान्यता राख्ने भट्टराईले पुस्तकालय सञ्चालनका लागि दुई वर्षसम्म निरन्तर सहयोग समेत गर्नेछन् ।
पुस्तकालय उद्घाटन समारोहलाई अमेरिकाबाट एक सन्देश पठाउँदै भट्टराईले ‘यो सार्वजनिक पुस्तकालयले हाम्रो अध्ययन संस्कृतिमा मद्दत पुग्ने र हाम्रो यो प्रयास अरूका निमित्त प्रेरणा पनि बन्न सकोस्’ भन्ने चाहना व्यक्त गरे ।

यस पुस्तकालयमा ‘पत्रपत्रिका, कम्प्यूटर, र इण्टरनेट समेतको सुबिधा उपलब्ध हुने पुस्तकालय रूपनगरमा मात्र होइन, सप्तरीको यो भेगकै लागि गौरव हुने’ विश्वास क्याम्पस सञ्चालक समिति अध्यक्ष गिरिराज संग्रौलाले बताएका हो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष गिरिराज संग्रौलाको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन क्याम्पसका प्रमुख प्राध्यापक गजुरेलले गरेका थिए । उक्त अवसरमा पाँच जना विद्यार्थीहरूलाई ‘क्याम्पस छात्रवृत्ति’ हस्तान्तरण गरिएको थियो ।

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार