img

वन उपभोक्ता समिति अवैध


रौतहटमा रंगपुर, जंगलसहिया र वृन्दावन गरी तीन वटा साझेदारी वन उपभोक्ता समिति सञ्चालनमा रहेको छ ।

जिल्लामा सञ्चालनमा रहेको यी तिनवटै वन उपभोक्ता समिति अबैध रहेको पाइएको छ । सरकारी नियम अनुसार प्रत्येक दुई–दुई वर्षमा साधारण सभा गरेर नयाँ उपभोक्ता समिति गठन गर्नुपर्ने नियम छ । तर यी तीनवटै साझेदारी वन उपभोक्ता समिति दुई वर्ष भन्दा बढी समय भए पनि अझै साधारण सभा गर्न सकेका छैन । साधारण सभा गर्न नसक्दा तीनवटै वन उपभोक्ता समितिमा एउटै समिति विगत लामो समयदेखि कायम रहेको छ । नियम विपरीत साझेदारी वनमा एउटै समिति २० वर्ष देखि कायम रहेको पाइएको छ । रंगपुर साझेदारी वन उपभोक्ता समिति गठन भएयता ३ जना अध्यक्ष भएका छन् । संस्थापक अध्यक्ष नागेन्द्र यादव प्रदेश सांसद भएपछि सो समितिको अध्यक्ष उपाध्यक्ष जितेन्द्र चौधरी भए । उनीपनि वडा अध्यक्ष भएपछि अशोक यादव रंगपुर साझेदारी वनको अध्यक्ष भए । यता जंगलसहिया साझेदारी वन उपभोक्ता समितिको अध्यक्षमा रामचन्द्र गिरी स्थापना कालदेखि नै अध्यक्ष रहेका छन् । उनी सहित सो उपभोक्ता समितिमा रहेका पदाधिकारी लामो समयदेखि समितिमै रहेका छन् । २० बर्ष पहिला तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासन कालमा देशमै पहिलो पटक रौतहटमा ३ वटा साझेदारी वनको अवधारण अनुसार ती उपभोक्ता समिति गठन भएका थिए । स्थापना कालदेखि नै जिल्लामा रामलाल बृन्दावन साझेदारी वन उपभोक्ता समिति संचालनमा रहेको छ । रौतहटमा नियम अनुसार साधारणसभा भएर समिति बन्न नसकेको डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत रामप्रसाद साहले बताए । नियम कानून विपरीत रौतहटका तीनवटै साझेदारी वन डिभिजन वन कार्यालयबाट विभिन्न शीर्षकमा रकम लिएर काम गर्दै आएका छन् ।

उनीहरुले हालै काठ बिक्रि वितरणको अनुमति लिएर काठ समेत बिक्रि वितरण गरेका छन् । ती साझेदारी वन उपभोक्त समितिहरुलाई डिभिजन वन कार्यालय रौतहटले साझेदारी वनको अवधारण अनुसार काम र साधारणसभा समेत गराउन नसकेको उपभोक्ता भरत आचार्यको भनाइ रहेको छ । काठ दाउराबाट बन्चित रहेका उपभोक्ताले सहजै काठ दाउरा पांउन भन्ने मनसायले तत्कालीन समयमा गठन भएका साझेदारी वन उपभोक्ता समितिले काठ दाउरा वितरणमा समेत अनियमितता गरेको आम उपभोक्ताहरुको गुनासो रहेको छ । तीनै वटा साझेदारी वनले हालै काठ वितरण गर्दा उपभोक्तालाई भन्दा ब्यापारीलाई अनियमित तरिकाले काठ दाउरा वितरण गरेको गुनासो व्यापक रहेको छ । डिभिजन वन कार्यालयलले साझेदारी वन उपभोक्ता समितिले उपभोक्तालाई काठ दिनु पर्नेमा व्यापारीलाई काठ दिएको गुनासो आएपछि रंगपुर साझेदारी वनलाई पत्र काटेर स्पष्टीकरण सोधेको छ ।

रामलाल बृन्दावन साझेदारी वन उपभोक्ता समिति र जंगलसहिया साझेदारी वन उपभोक्ता समितिले समेत काठ वितरण गर्दा उपभोक्तालाई भन्दा व्यापारीलाई प्राथमिकता दिएको स्थानीयको भनाइ रहेको छ । ३ वटै साझेदारी वन उपभोक्ता समितिलाई कानूनको दायरामा ल्याउनुपर्ने आम उपभोक्ताको भनाइ रहेको छ ।

ejanakpurtoday

Loading items...

Loading posts...

Loading products...

Loading ad spaces...


प्रतिक्रिया दिनुहोस् ।

सप्तरी जिल्लाको संक्षिप्त परिचयः डा. अयोधी प्रसाद यादव | लोकदेव कृष्णारामकायाकल्पको प्रतीक्षामा अंकुरी महादेव | दिना–भद्री दाजुभाइलाई राष्ट्रिय विभूति मान्ने कि नमान्ने ? |  पर्यटकको साँचो बन्‍न सक्छ कंकालिनी मन्दिर  | कला कौशलता र कर्ममा रमाउने माली जातिः अझैं निर्णायक तहमा भएन पहुँच | ‘जी हजुरी’ विरुद्धक मिशालः लोकनायक दिना–भद्री | लोक आस्थाक केन्द्रः गामक राजा डिहबार