img

सप्तरीमा प्रहरी र स्थानीय झडप : गोली लागेर एकको मृत्यु


अपूर्व न्यूज समाचारदाता ।
राजविराज,२१ साउन। सप्तरीको राजगढ गाउँपालिका वडा नं.२ स्थित कमलपुरमा मध्यरातमा प्रहरी र स्थानीयबीच भएको झडपमा एक जनाको मृत्यु भएको हाे ।

तस्करी रोक्न पुगेको प्रहरीमाथि आक्रमण : गोली चल्दा एकको मृत्यु ।

साे प्रहरीका अनुसार मंगलबार मध्यरातमा भारततर्फ मदिरा तस्करी भइरहेको विशेष सूचनाको आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो। सो क्रममा स्थानीयले एक्कासी ढुङ्गामुडा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाई फायरसहित गोली चलाउन बाध्य भएको हाे।
गोली लागेर गम्भीर घाइते भएक राजगढ गाउँपालिका वडा नं.२ का स्थानीय व्यवसायी ३७ वर्षीय लालू प्रसाद यादवको नेपाल प्रहरीको गोलीबाट घटनास्थलमै मृत्यु भएको हा । घाइते यादवलाई तत्कालै गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज पुर्‍याइएको हाे।

सप्तरीमा मदिरा तस्करी कारण ढुङ्गामुडा र गोलीकाण्ड, एक स्थानीयको मृत्यु

उपचारको क्रममा उनको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिएकाे हाे।
साे बस्नेतका अनुसार घटनास्थलबाट भारततर्फ तस्करी गर्न तयारी अवस्थामा राखिएको मदिरा समेत प्रहरीले नियन्त्रणमा लिएको छ। यसअघि पनि सो क्षेत्रबाट ठूलो परिमाणमा मदिरा बरामद गरिएको प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस् ।