कञ्चनपुर(सप्तरी), ६ असार । सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २०९औँ नियमित सञ्चालक समिति बैठक सम्पन्न भएको हाे।
बिहीबार संस्थाको केन्द्रिय कार्यालय कञ्चनपुर स्थित बैठक कक्षमा संस्थाका सञ्चालक समिति अध्यक्ष अनोज कुमार यादवको अध्यक्षतामा बसेको हो। बैठकमा सहकारीको सञ्चालन, व्यवस्थापन, वित्तीय अनुशासन, बचतकर्ता सदस्यहरूको सुविधा तथा सेवा विस्तार, आगामी योजना र चुनौतीका विषयमा गहिरो छलफल र महत्वपूर्ण निर्णयहरू गरिएका छन्।
सहयोगी सहकारीको बैठकमा डिजिटल सेवा, युवामुखी योजना र महिला सशक्तीकरणमा छलफल
बैठकमा विशेषगरी बचतकर्ता सदस्यहरूको हित सुनिश्चित गर्ने विषयमा प्राथमिकता दिइएको थियो। नियमित सेवा प्रवाह, सहज ऋण उपलब्धता, सदस्य शिक्षाको सुदृढीकरण, डिजिटल प्रणालीमार्फत सेवा विस्तार, तथा पारदर्शी लेखा परीक्षणप्रति विशेष ध्यान केन्द्रित गरिएको बैठकमा उल्लेख गरिएको छ।
अध्यक्ष यादवले बैठकलाई सम्बोधन गर्दै भन्नुभयो, “सहकारी संस्था भनेको केवल आर्थिक कारोबारको केन्द्र मात्र होइन, यो सदस्यहरूको विश्वास र सहकार्यको साझा थलो हो। हामी हाम्रा प्रत्येक निर्णयमा पारदर्शिता, जवाफदेहिता र सदस्यकेन्द्रित सोच कायम राख्नेछौं।”
बचतकर्ता सदस्यको हित सुनिश्चित गर्ने सहकारीको प्रतिबद्धता दोहोर्याइयो
बैठकमा संस्थाका सचिव, कोषाध्यक्ष, सदस्यहरू, व्यवस्थापक र अन्य पदाधिकारीहरूको समेत सक्रिय सहभागिता रहेको थियो। बैठकले विगतको गतिविधिको समीक्षा गर्दै आगामी दिनहरूमा थप सुधार र नवीन योजना अघि सार्ने प्रतिबद्धता व्यक्त गरेको छ।
स्थायी सम्पत्ति अभिवृद्धि, साख सुरक्षाका उपाय, जोखिम व्यवस्थापन नीति, नविन आर्थिक कार्यक्रमहरू, युवामुखी बचत योजना, महिला सशक्तीकरण कार्यक्रम लगायतका प्रस्तावहरूमा समेत प्रारम्भिक छलफल गरिएको र आगामी बैठकहरूमा निर्णयात्मक कार्यान्वयन गरिने संस्थाले जानकारी दिएको छ।
सहयोगी सहकारीको सञ्चालक बैठक सम्पन्न, आर्थिक अनुशासन र सेवा विस्तारमा जोड
सहकारीले आफ्ना सदस्यहरूसँग पारदर्शी सम्बन्ध बनाइराख्न र उनीहरूका आर्थिक र सामाजिक आवश्यकताहरू सम्बोधन गर्न प्रतिबद्धता दोहोर्याएको हाे ।