राजकुमार पासवान ।
राजविराज, १७ साउन । जनता समाजवादी पार्टी नेपाल सप्तरीमा नयाँ जिल्ला नेतृत्व चयनका लागि अध्यक्ष पदमा दुई प्रमुख नेताबीच रोचक प्रतिस्पर्धा हुने भएको हाे।

साे जसपा नेपाल सप्तरीका वर्तमान अध्यक्ष केदार प्रसाद यादव र उपाध्यक्ष उमेश प्रसाद यादव दुवैले शनिबार छुट्टाछुट्टै प्यानलसहित अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। राजविराजस्थित पार्टी कार्यालयमा भएको मनोनयन दर्ता कार्यक्रममा केदार यादव र उमेश यादव उम्मेदवारी दर्ता गराएकाे हाे ।
साे केदार यादवको प्यानलमा उपाध्यक्षमा लक्ष्मण यादव, महिला उपाध्यक्षमा उषा साह, सचिवमा शम्भु कुमार यादव, उपसचिवमा रिता कुमारी चौधरी र रामेश्वर कौडगिया, तथा कोषाध्यक्षमा अर्मेन्द्र कुमार यादव (अरबिन्द) रहेका छन्।
उमेश यादवको प्यानलमा भने उपाध्यक्षमा हरेराम यादव र राजेश्वर राय, सचिवमा निरज मुक्ति, उपसचिवमा दाउद हुसैन र राहुल मण्डल, तथा कोषाध्यक्षमा अभिनभ यादव (निकु) उम्मेदवार बनेका छन्।
राजविराजमा जसपा नेपालको चुनावी माहोल : केदार र उमेशको प्यानल भिड्दै
साे पार्टीको नयाँ जिल्ला समिति चयनका लागि ७ पदाधिकारी खुला रहने छन् भने ५० सदस्य (२५ भूगोल र २५ समावेशी) चयन गरिनेछ। मतदानमा विभिन्न पालिका र भातृ संगठनका ११५ प्रतिनिधिहरू सहभागी हुनेछन्।
जसपाको सप्तरी नेतृत्वका लागि हुने यो प्रतिस्पर्धाले जिल्लाको आन्तरिक राजनीतिमा चासो बढाएको छ।
मतदान साउन १८ गते बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म हुने जनाइएको छ ।