राजकुमार पासवान ।
कञ्चनपुर(सप्तरी),२१ असार । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहको सक्रिय पहलमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तीन करोड रुपैयाँको लागतमा आधुनिक कब्रिस्तान निर्माण हुने पक्का भएको हाे।

शुक्रबार सप्तरीकाे कञ्चनरुप नगरपालिका वडा नं.२ स्थित इदगाह परिसरमा आयोजित एक विशेष समारोहमा मन्त्री साहले स्थानीय मुस्लिम समुदायसँगको भेटघाट तथा सम्मान ग्रहण गर्दै विभिन्न विकास योजनाबारे जानकारी दिए। उनले उक्त कब्रिस्तान निर्माणका लागि सहरी विकास मन्त्रालयमार्फत बजेट विनियोजन भइसकेको जानकारी दिए।
मेयर प्रत्यासी पासवानको अपिल : ‘विद्यालय र स्वास्थ्य सेवाका लागि जग्गा सहयोग गर्नुहोस्’
साे कार्यक्रममा मन्त्री साहसँगै कञ्चनरुप नगरपालिका मेयर पदका प्रत्याशी भोला पासवान र जसपाका युवा नेता सुमित साहलाई मुस्लिम समुदायका अगुवाहरूले सम्मान गरेका थिए।
साे कार्यक्रममा कञ्चनरुप नगरपालिकाका मेयर पदका प्रत्यासी पासवानले विद्यालय र स्वास्थ्य सेवाको अभावको विषय उठाउँदै स्थानीयलाई आवश्यक जग्गा व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे। उनले मन्त्री साहप्रतिको विश्वास व्यक्त गर्दै भने, “हामी साथ दिनेछौं, मन्त्रीले योजना पूरा गर्नुहुनेछ।”
कञ्चनरुपमा मुस्लिम समुदायद्वारा मन्त्री साह, मेयर प्रत्यासी भोला पासवान र समाजसेवी सुमित साह सम्मानित
साे मन्त्री साहले बरमझियामा एक करोड रुपैयाँ लागतमा निर्माणाधीन विद्यालयको स्मरण गर्दै स्थानीयलाई विद्यालयलाई माध्यमिक तहमा स्तरोन्नति गर्न आग्रह गरे। उनले भने, “तपाईंहरू स्कूलको स्तरोन्नति गर्नुहोस्, म थप बजेट ल्याएर भौतिक पूर्वाधार सुदृढ गरिदिन्छु।”
विकासप्रेमी नेता नवलकिशोर साह’ : मुस्लिम अगुवाहरूबाट खुलेर प्रशंसा
साे कार्यक्रममा मन्त्री साहले सुमित साहको बजेट पहलमा विशेष भूमिका रहेको र भोला पासवानले स्थानीय प्राथमिकताहरूलाई निरन्तर अगाडि सारेको उल्लेख गर्दै दुबै नेताको सक्रियताको खुलेर प्रशंसा गरेकाे हाे। कार्यक्रममा वडा अध्यक्ष मेहदी हुसैन, सदस्य युसुफ, अगुवा मोहम्मद समिद लगायतका वक्ताहरूले मन्त्री साहको कार्यशैली र विकासप्रतिको समर्पणको प्रसंशा गरे। वडासदस्य युसुफले भने, “हामीले धेरै मन्त्रीहरू देखें, तर नवलकिशोर साहजस्तो विकासप्रेमी नेता पाएकामा गर्व लाग्छ।”