img

संकटग्रस्त मधेश: गृह मन्त्री लेखीको नेतृत्वमा सरोकारवालासँग आपतकालीन छलफल


राजकुमार पासवान ।
जनकपुरधाम, १६ साउन । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता राजकुमार लेखीले प्रदेशका संकटग्रस्त क्षेत्रमा उत्पन्न समस्या समाधानका लागि शुक्रबार सरोकारवाला निकायहरूसँग विशेष छलफल गरेकाे हाे।

मधेश प्रदेशका गृहमन्त्री तथा प्रवक्ता राजकुमार लेखीले प्रदेशका संकटग्रस्त क्षेत्रमा उत्पन्न समस्या समाधानका लागि शुक्रबार सरोकारवाला निकायहरूसँग छलफल गर्दै ।

साे तराई–मधेश क्षेत्रमा लामो समयदेखि वर्षा नहुँदा खानेपानी र कृषि क्षेत्रमा गम्भीर समस्या उत्पन्न भएको छ। वर्षायाममा समेत वर्षा नहुँदा सुख्खा खडेरी, खाद्यान्न संकट र सुरक्षित खानेपानीको समस्या चुलिएको छ।

दीर्घकालीन असर पर्छ’ : गृह मन्त्री लेखीको चेतावनी, समाधानमा गम्भीर पहल

साे मधेश प्रदेशका गृह मन्त्रालयले तत्कालीन समस्या समाधानका लागि बारुण यन्त्र र ट्यांकरमार्फत विभिन्न स्थानमा पिउने पानी वितरणको कार्य अघि बढाइसकेको छ। साथै, कृषि तथा खानेपानी मन्त्रालयसँग सहकार्य गर्दै राहत तथा प्रतिकार्य कार्यक्रम सञ्चालन गरिनुका साथै दातृ निकायहरूसँग सहयोगका लागि अपिल समेत गरिएको हाे ।

संकट व्यवस्थापनका लागि दातृ निकायलाई पनि सहयोग अपिल

साे आयोजित सरोकारवाला अन्तरक्रिया कार्यक्रममा मन्त्री लेखीले वर्तमान संकट दिर्घकालीन असर पार्न सक्ने भन्दै आफू गम्भीरतापूर्वक प्रतिकार्यमा जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उहाँले सरोकारवाला निकायहरूसँग तत्कालीन समस्या समाधान र दीर्घकालीन योजना निर्माणका लागि सुझाव समेत लिनुभएको हाे।
मधेश प्रदेश सरकारले निकट भविष्यमा प्रभावकारी राहत तथा दीर्घकालीन समाधानका कार्यक्रम अघि सार्ने तयारी गरेको जनाएको हाे ।


प्रतिक्रिया दिनुहोस् ।