img

वरिष्ठ पत्रकार भोला पासवान राष्ट्रिय दलित आयोगको विज्ञ सूचीमा चयन


उपेश नौवाग ।
काठमाण्डाैं, २ साउन । नेपालको संविधान २०७२ अनुसार संवैधानिक निकायका रूपमा स्थापित राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ का लागि तयार पारेको अवैतनिक विज्ञ/विशेषज्ञहरूको रोष्टर सार्वजनिक गरेको हाे।

बरिष्ठ पत्रकार तथा सामाजिक अभियान्ता भाेला पासवान ।

उक्त सूचीमा वरिष्ठ पत्रकार तथा सामाजिक विश्लेषक भोला पासवानलाई पनि चयन गरिएको हाे। दलित समुदायको मुद्दामा विगत दुई दशकदेखि कलम चलाउँदै आएका पासवान अनुसन्धान, लेखन र सामाजिक सक्रियताका माध्यमबाट चिनिएका प्रभावशाली व्यक्तित्व हुन्।
उनले सञ्चार माध्यम र सामाजिक रूपान्तरणका सवालमा निरन्तर आवाज उठाउँदै आएका छन्। आयोगले प्रकाशित सूचीमा उनी मिडिया र सामाजिक अध्ययनतर्फको विज्ञको रूपमा समावेश गरिएका हुन्।

राष्ट्रिय दलित आयोगले विज्ञ/विशेषज्ञहरूको रोष्टर सार्वजनिक गरेको नामावली ।

रोष्टरमा समावेश भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पासवानले लेखेका छन्,

राष्ट्रिय दलित आयोगजस्तो संवैधानिक संस्थाको विज्ञ सूचीमा समावेश हुनु गर्वको विषय हो। बरिष्ठ पत्रकार एवम् सामाजिक अभियान्ता पासवानले  आयोगप्रति आभार प्रकट गरेका छन र नीति निर्माण तथा अनुसन्धानमा सक्दो योगदान दिने प्रतिबद्धता व्यक्त गरे।”

पासवानसँगै उक्त सूचीमा नेपाल सरकारका पूर्व सचिव डा. मानबहादुर बिके, राज्य पुनर्संरचना आयोगका पूर्व अध्यक्ष डा. मदन प्रसाद परियार, समावेशी विकासविद् भरत नेपाली, श्रीकृष्ण गहतराज र पत्रकार तथा सामाजिक अभियन्ताहरू समेत समावेश छन्।
पासवानले आयोगका विज्ञ सिफारिस समितिका संयोजक माननीय मेहल पार्की, आयोग अध्यक्ष देवराज विश्वकर्मा, प्रवक्ता सुन्दर पुर्कुटी, सदस्यहरू मीनादेवी सोव र टुञ्ज बराइली, तथा सचिवसहित सम्पूर्ण आयोग परिवारप्रति विशेष धन्यवाद पनि व्यक्त गरेका छन्।

मिडिया र सामाजिक अध्ययनतर्फ पासवानले गरे आयोगमा प्रतिनिधित्व

राष्ट्रिय दलित आयोगका अनुसार सार्वजनिक गरिएको यो विज्ञ रोष्टरले आयोगलाई नीति निर्माण, अनुसन्धान तथा रणनीति विकासमा सघाउने उद्देश्य राखेको छ।


प्रतिक्रिया दिनुहोस् ।