लखनउ,१६ साउन । भारतको लखनउस्थित आशिमाओ गाउँमा महिलाहरूले अनौठो र रोचक परम्परा जोगाउँदै आएकी छिन् ।

वर्षेनी आयोजना हुने महिला हिलो कुस्ती प्रतियोगितामा गाउँका गृहिणीदेखि किशोरीसम्म साडी लगाएर नै शुक्रबार मैदानमा उत्रिन्छन्।

देवताहरूको आशिर्वाद प्राप्त गर्ने र प्रतियोगिता जित्ने उद्देश्यले उनीहरूले कीचडमा जमेर कुस्ती खेल्छन् । स्थानीयको विश्वासअनुसार परम्परामा सहभागी भएर महिलाले साहस, शक्ति र धार्मिक पुण्य दुवै प्राप्त गर्छन्।
सांस्कृतिक आकर्षणः २ सय वर्ष पुरानो महिला कुस्ती परम्परा जोगिँदै
साे करीब २ सय वर्ष पुरानो यस परम्पराले गाउँको सांस्कृतिक पहिचानलाई अझै चम्काएको छ। प्रतियोगिता हेर्न गाउँकै मात्र नभई वरपरका बस्तीका मानिसहरू समेत ठूलो संख्यामा उपस्थित हुन्छन्।