राजकुमार पासवान ।
जनकपुरधाम, ३१ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशभर फैलिएको सुख्खा र खानेपानीको गम्भीर समस्याको तत्कालीन र दीर्घकालीन समाधानका लागि प्रदेश सरकारले आफ्ना सम्पूर्ण स्रोत–साधन परिचालन गर्ने घोषणा गरेकाे हाे।
मंगलबार जनकपुरधाममा आयोजित सरोकारवाला मन्त्रालय र दातृ निकायहरूबीचको बैठकमा मुख्यमन्त्री सिंहले जलवायु परिवर्तनका कारण उत्पन्न संकटलाई सामूहिक प्रयासबाट मात्र समाधान गर्न सकिने धारणा व्यक्त गरे।
अब निर्णयको पर्खाइमा होइन, कामको थालनीमै जोड दिनुपर्छ। योजना मात्रै होइन, के–के गर्न सकिन्छ, तुरुन्तै सुरु गरौं,” मुख्यमन्त्री सिंहले बैठकमा भने।
साे मधेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीका अनुसार मधेश प्रदेशका आठवटै जिल्लाका १३६ स्थानीय तहमा सुख्खा र खानेपानीको समस्या गम्भीर रूपमा देखिएको हाे।

उनका अनुसार समस्या समाधानका लागि प्रदेश सरकारले न केवल आन्तरिक स्रोत परिचालन गर्नेछ, तर संघीय सरकार र दातृ निकायहरूसँग पनि आवश्यक सहयोग र समन्वय गर्दै अगाडि बढ्नेछ।
धान रोपाइँ प्रभावित भएको छ, जसले आगामी दिनमा खाद्य संकट निम्त्याउने खतरा बढेको छ,” प्रवक्ता लेखीले भने।
साे मुख्यमन्त्री सिंहले बैठकमा सम्बद्ध मन्त्रालयहरूलाई कामको दैनिक प्रगति अद्यावधिक गर्न निर्देशन दिँदै, संघीय सरकारसँग आवश्यक समन्वय भइरहेकाे जानकारी पनि दिएकाे हाे।
साे बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, गृह मन्त्री राजकुमार लेखी तथा मन्त्रालयका सचिवहरूको उपस्थिति रहेको थियो।
साे बैठकमा मन्त्रालयगत रूपमा सुख्खा र खानेपानी समस्याको वर्तमान अवस्था र तथ्यांक प्रस्तुत गरिएका थिए। दातृ निकायका प्रतिनिधिहरूले समस्या समाधानमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।