अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर (सप्तरी), ३० साउन । सप्तरीको निर्वाचन क्षेत्र नं. १ अन्तर्गतका विभिन्न दलका सयौं नेता र कार्यकर्ताले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेकाे हाे।

शुक्रबार तिरहुत गाउँपालिका वडा नं.१ बैरवास्थित छेदी पंजियार धर्मशालामा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत जनमत पार्टी, नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलका नेता–कार्यकर्ताले सामूहिक रूपमा जसपामा प्रवेश गरेका हाे।
जसपामा एकैदिन सयौं प्रवेश : मन्त्री साहले गरे भव्य स्वागत
साे नवप्रवेशीमध्ये जनमत पार्टीका प्रभावशाली युवा नेता तथा पूर्व नगर अध्यक्ष अनिल कुमार पञ्जियार, कञ्चनरुप नगरपालिका–१ का पूर्व वडाध्यक्ष पदका उम्मेदवार रामदेव शर्मा खंग, नगर उपाध्यक्ष विमला देवी मण्डल, उपाध्यक्ष रेशम लाल साह, सचिव विशेश्वर महतो, सदस्य भवनेश्वर सदा, शिवु यादव, दिलीप कुमार राउत, मुनेश्वर देवी खंग, पूर्व बुथ समिति संयोजक विशेश्वर खंग, सह–संयोजक रामचन्द्र मण्डल, पूर्व महिला प्रचार–प्रसार समिति संयोजक चन्द्रिका देवी खंग, सह–संयोजक ललिता देवी खंग, पूर्व युवा समिति संयोजक सम्पैत लाल मण्डल लगायत रहेका छन्।
यसैगरी कञ्चनरुप नगरपालिका वडा नं.६ जनमत पार्टीका वडा संयाेजक माेहम्द ताहिर मियाँ र वडा सचिव माेहम्द गुलाब सिद्वकी लगायत साे वडाका विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् ।
जनमतदेखि माओवादीसम्मका नेताहरू जसपामा प्रवेश
त्यस्तै माओवादी केन्द्रका पूर्व नेता तथा कोशी टप्पु वन्यजन्तु मध्यवर्ती क्षेत्र बदगामा बैरवाका अध्यक्ष हस्बुदिन शैखको नेतृत्वमा पनि ठूलो संख्यामा कार्यकर्ताहरू जसपामा प्रवेश गरेका छन्।
साे कार्यक्रममा जनता समाजवादी पार्टीका उपाध्यक्ष एवम् महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह, जसपाका नेता तथा कञ्चनरुप नगरपालिकाका मेयर पदका उम्मेदवार भोला पासवान, र जसपाका युवा नेता एवम् समाजसेवी सुमित साहले नवप्रवेशीहरूलाई अबिर र गम्छाले स्वागत गरेका थिए।