img

मधेस सरकारको बजेटमा जमुवाटोलमा आरसीसी सडक निर्माण सम्पन्न : गृहमन्त्री लेखीद्वारा उद्घाटन


राजकुमार पासवान ।
कञ्चनपुर (सप्तरी), २७ असार । मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.६ मलेठ क्वाटर जमुवाटोलमा निर्माण सम्पन्न आरसीसी सडकको उद्घाटन गरेकाे हाे।

मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले क्वाटर जमुवाटोलमा निर्माण सम्पन्न आरसिसि सडकको उद्घाटन गर्दै ।

साे मन्त्री लेखीको पहलमा उक्त सडक निर्माणका लागि मधेस प्रदेश सरकारले रु. ५० लाख बजेट विनियोजन गरेको थियो। उक्त बजेट जमुवा वडाका लक्ष्मी चौधरी, भिखन चौधरी र कमलपुरका विनोद यादव, रामप्रसाद यादवलगायत स्थानीयको सुझाव एवं सल्लाहमा विनियोजन गरिएको हो।

कञ्चनरुपमा आरसीसी सडक निर्माण सम्पन्न : उद्घाटनमा नेताहरूको उत्साहजनक उपस्थिति

साे उद्घाटन समारोहमा कञ्चनरुप नगरपालिकाका पूर्व नगरप्रमुख तथा एमाले नेता वसन्त कुमार मिश्र, नेतृ असरा देवी चौधरी, सप्तकोशी नगरपालिका नं.२ का वडा अध्यक्ष जाहिर हुसेन, वडा नं. ५ का अध्यक्ष गोसाई चौधरी, समाजसेवी केदार खतिवडालगायत स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सामाजिक सञ्जालमार्फत कामको जानकारी पाउँदा स्थानीयहरू सन्तुष्ट : मन्त्री लेखीलाई धन्यवाद

साे कार्यक्रममा सहभागी स्थानीय बासिन्दाले मन्त्री लेखीले गरेका विकास निर्माणका गतिविधि नियमित रूपमा सामाजिक सञ्जालमार्फत जानकारी पाइरहने जनाउँदै उहाँको सक्रियता र प्रतिबद्धतालाई प्रशंसा गर्दै आभार व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस् ।