img

मधेस प्रदेशको इतिहासमै उच्च आन्तरिक राजस्व संकलन : ५ अर्ब ५४ करोड पुग्यो

मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय,मधेस प्रदेश

राजकुमार पासवान ।
जनकपुरधाम,२८ साउन । आर्थिक वर्ष २०८१/८२ मा मधेस प्रदेश सरकारले आफ्नो इतिहासकै उच्च आन्तरिक राजस्व संकलन गर्दै ५ अर्ब ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ राज्यको कोषमा संकलन गरेको हाे।

कर सुधारदेखि डिजिटल प्रणालीसम्म : मधेसमा राजस्व वृद्धिको नयाँ कीर्तिमान

साे उपलब्धि विगतका वर्षहरूसँग तुलना गर्दा उल्लेखनीय मात्र नभई प्रदेशको आर्थिक स्वावलम्बनतर्फको महत्वपूर्ण संकेतका रूपमा हेरिएको हाे।
अर्थ मन्त्रालयका सचिव रामकुमार महतोका अनुसार यो वृद्धिको पछाडि कर प्रशासन सुदृढीकरण, राजस्व चुहावट नियन्त्रण, डिजिटल प्रणालीको विस्तार, करदाताको संख्या वृद्धि र आन्तरिक आर्थिक गतिविधिमा आएको तेजी प्रमुख कारण हुन्।

कर सुधारदेखि डिजिटल प्रणालीसम्म : मधेसमा राजस्व वृद्धिको नयाँ कीर्तिमान ।

“सात वर्षअघि संकलन भएको राजस्वको भन्दा हालको संकलन दोब्बरभन्दा बढी हो, जुन प्रदेशको आर्थिक क्षमतामा आएको सकारात्मक रूपान्तरण हो,” सचिव महतोले भने।

मधेश प्रदेशमा गत सात वर्षको आन्तरिक राजस्व संकलन (अर्ब रुपैयाँमा)

विगत वर्षहरूको उतारचढावपछि यो वर्ष देखिएको राजस्व वृद्धिले प्रदेशको आन्तरिक आर्थिक क्षमतामा भरोसा बढाएको र स्थानीय स्रोत परिचालनमा प्रभावकारी सुधार भएको संकेत गरेको आर्थिक विश्लेषकहरू बताउँछन्।

प्रदेशको आन्तरिक स्रोतमा मजबुती : ६ अर्बको लक्ष्यतर्फ मधेस सरकार

प्रदेश सरकारको लक्ष्य आगामी वर्षमा ६ अर्बभन्दा बढी आन्तरिक राजस्व संकलन गर्ने रहेको अर्थ मन्त्रालयले जनाएको हाे।


प्रतिक्रिया दिनुहोस् ।