img

मधेशमा बालअधिकारका लागि १३ सदस्यीय नागरिक समाज सञ्जाल गठन


बर्दिबास, २२ असार । बालअधिकार संरक्षण, प्रवर्द्धन र पैरवीका लागि मधेश प्रदेशमा पहिलोपटक १३ सदस्यीय प्रदेशस्तरीय नागरिक समाज संस्था सञ्जाल गठन गरिएको हाे ।
साे सेभ द चिल्ड्रेनको सहयोगमा बर्दिबासमा असार ५ गते सम्पन्न भेलाबाट सञ्जाल गठन भएको हो।

नीति निर्माणदेखि अनुगमनसम्म बालमैत्री अभियानमा सञ्जाल सक्रिय हुने

साे सञ्जालमा इन्सेक मधेस, सबल नेपाल, मुक्ति नेपाल, जागृति महिला विकास केन्द्रसहित १३ संस्थाहरूको प्रतिनिधित्व गरेको हाे।
साे इन्सेक मधेश प्रदेशका संयाेजक राजु पासवानले,भने- प्रदेशस्तरीय नागरिक सञ्जालले बालविवाह, बालश्रम, विद्यालय छोडाइ, यौन दुव्र्यवहार जस्ता चुनौती समाधानका लागि सहकार्य र सशक्त पैरवी गर्ने जनाएको हाे।
भेलाले ‘सञ्जाल कार्य सञ्चालन निर्देशिका २०८२’ अनुमोदन गर्दै एक वर्षे कार्ययोजना समेत तय गरेको हाे।

बालविवाह, बालश्रमविरुद्ध सशक्त पैरवी गर्ने सञ्जाल गठन

साे सञ्जालले नीति निर्माण, सचेतना अभिवृद्धि, प्राविधिक सहयोग, बाल सहभागिता प्रवर्द्धन र उल्लङ्घनको अनुगमनमा विशेष ध्यान दिनेछ।


प्रतिक्रिया दिनुहोस् ।