अपूर्व न्यूज समाचारदाता ।
जनकपुरधाम,४ साउन । मधेश प्रदेशमा सञ्चालित सञ्चारमाध्यमहरूको अवस्था अध्ययन तथा अनुगमन गर्न मिडिया काउन्सिल मधेश प्रदेशले तीनवटा छुट्टाछुट्टै अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ।

आइतबार काउन्सिलको बसेको नियमित बैठकले अनुगमन प्रक्रिया प्रभावकारी बनाउन समिति गठनसँगै काउन्सिलका नियमित क्रियाकलापहरू पारदर्शी बनाउने उद्देश्यले सूचना अधिकारी तथा प्रवक्ता समेत तोकेको हाे।
साे मिडिया काउन्सिलले गरिएको निर्णयलाई एक प्रेस विज्ञप्ति जारी जानकारी गराएको हाे । साे गठित समितिहरूमा अनलाइन न्यूजपोर्टल तथा अनलाइन टिभी अनुगमन समितिकाे संयोजकमा मन्नु पासमान,रेडियो तथा टेलिभिजन अनुगमन समितिकाे संयोजकमा रिंकु कुमारी मिश्र र छापा सञ्चारमाध्यम अनुगमन समितिकाे संयोजकमा बन्दना कुमारी झालाई ताेकिएकाे हाे ।
अनुगमन समितिमा अनुभवी तथा महासंघ सिफारिसमा सञ्चारकर्मी समावेश हुने
त्यसैगरी काउन्सिलका तर्फबाट सूचना प्रवाह तथा संचार समन्वयका लागि सुबोध रायलाई सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी दिइएको हाे।
मधेश प्रदेशमा सञ्चालित सञ्चारमाध्यमहरूको अनुगमन गर्न मिडिया काउन्सिल मधेश प्रदेशले तीनवटा समिति गठन गरेको छ। उक्त समितिहरूमा सम्बन्धित क्षेत्रका अनुभवी र विज्ञ व्यक्तिहरूलाई नेपाल पत्रकार महासंघका सिफारिसमा तोकिएका सञ्चारकर्मीहरूलाई सदस्यको रूपमा समावेश गरिने व्यवस्था गरिएको हाे।
सञ्चार क्षेत्र पारदर्शी बनाउन मिडिया काउन्सिलको पहल : अनलाइन न्यूजपोर्टल संयाेजक पासवान
साे अनलाइन न्यूजपोर्टल तथा अनलाइन टिभी अनुगमन समितिका संयोजक पासमानले अनुगमनलाई प्रभावकारी, समावेशी र पेशागत बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
साे आज बैंठक काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादवले बैठकको अध्यक्षता गरेकाे हाे।