अपूर्व न्यूज समाचारदाता ।
भंगाहा(महाेत्तरी १४ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा महोत्तरी निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सांसद महन्त ठाकुरले भने,-राज्यको हरेक निकायमा बाँतर सरदार समुदायलाई अधिकार सम्पन्न बनाउनु पर्ने जाेड दिएको हाे ।
साे मंगलबार महोत्तरी जिल्लामा नेपाल सरदार बाँतर जातकाे जातीय संगठनको संयुक्त पाँचौँ जिल्ला अधिवेशनमा प्रमुख अतिथिकाे आसन्नबाट साे कुरा बताएकाे हाे ।

सो अधिवेशनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा महोत्तरी निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सांसद ठाकुरले तराई-मधेसमा बसोबास गर्ने बाँतर सरदार समुदायलाई जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व तथा राज्यका हरेक निकायमा सहभागिता सुनिश्चित गर्नका लागि निरन्तर संघर्षरत रहेको बताउनुभयो।
साे अधिवेशनमा नेपाल सरदार बाँतर समाज उत्थान केन्द्र कार्यवाहक सभापति श्याम सरदारले भने,-मधेशमा रहेका सबै सरदार बाँतर समुदायलाई राज्य समक्ष राजनीतिक,सामाजिक र सांस्कृतिक पहुँच बढाउन जरुरी रहेकाे बताए ।
कार्यवाहक सभापति सरदारले,भने बाँतर सरदार समुदायको सशत्तिकरण गर्न,नेपालभरका बाँतर सरदार जातीय संगठन निर्माण लगायत जातीय संगठनलाई बलियो बनाउँदै जातीय जनसंख्याका आधारमा हरेक निकायमा समानुपातिक प्रतिनिधित्वको अधिकार सुनिश्चित गर्न संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यवाहक सभापति सरदारले जातीय समुदायको सशक्तीकरणका लागि एकताबद्ध प्रयास आवश्यक रहेको उल्लेख गरे।
उनले संगठनलाई व्यवस्थित, सशक्त र प्रभावकारी बनाउन नेतृत्वले दृढ इच्छाशक्ति देखाउनुपर्ने आवश्यकता औँल्याउँदै भने, “हामीले संगठित भएर अघि बढे मात्र अधिकार सुनिश्चित गर्न सक्छौँ।

साे अधिवेशनले २८ सदस्यीय जिल्ला कार्यसमिति पुनर्गठन गर्दै नयाँ नेतृत्व चयन गरेको छ।
नयाँ जिल्ला कार्यसमिति अध्यक्षमा रामबरन सरदार,वरिष्ठ उपाध्यक्षमा चन्देश्वर सरदार,उपाध्यक्षमा भिखारी सरदार,सचिवमा रामदयाल सरदार,कोषाध्यक्षमा मर्नी देवी सरदार र सहसचिवमा श्याम सरदार रहेकाे हाे ।
साे अधिवेशनमा महोत्तरी क्षेत्र नं. २ (क) का प्रदेशसभा सांसद जैनुन राईन, भंगाहा नगरपालिकाका मेयर सञ्जीव कुमार साह,बाँतर समाज कल्याणकारी समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मखन सरदार, मधेस प्रदेश समितिका सभापति बौएलाल सरदार तथा वडा नं. २ का वडा अध्यक्ष इन्द्रशेखर पञ्जियारले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको हाे ।
साे कार्यक्रम महाेतरी जिल्ला सभापति रामबरन सरदारको अध्यक्षतामा सम्पन्न भएको हाे । अधिवेशनबाट समुदायको हकअधिकार सुनिश्चित गर्न र संगठनलाई थप सशक्त बनाउने दिशामा महत्वपूर्ण निर्णयहरू गरेको छ।