राजकुमार पासवान ।
कञ्चनपुर(सप्तरी),१४ साउन। नेपाल प्रहरीका प्राविधिक प्रहरी सहायक निरीक्षक रमाकान्त प्रसाद चौरसिया प्राविधिक प्रहरी नायब निरीक्षक पदमा पदोन्नति भएपछि दर्ज्यानी चिन्ह लगाइ सम्मान गरिएको हाे।

मंगलबार नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको निर्देशन अनुसार सञ्चार प्रहरी समूहतर्फबाट पदोन्नति भएका चौरसियालाई इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीमा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
इमानदार र उत्तरदायी बन्नुहोस् : प्रहरी निरीक्षक विष्ठद्वारा चौरसियालाई सुझाब
साे कार्यक्रममा इलाका प्रहरी कार्यालय कञ्चनपुरका निमित्त प्रमुख प्रहरी निरीक्षक लेखबहादुर विष्ठकाे प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। प्रहरी निरीक्षक विष्ठले चौरसियालाई दर्ज्यानी चिन्ह लगाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हाे।
साे निरीक्षक विष्ठले नवपदोन्नति प्राप्त चौरसियालाई पदोन्नतिको खुसीलाई थप जिम्मेवारीमा रूपान्तरण गर्दै इमान्दार, पेशागत र उत्तरदायी ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको हाे।
प्राविधिक प्रहरी नायब निरीक्षक पदमा बढुवा, चौरसियालाई इलाका प्रहरी कञ्चनपुरबाट बधाई
उहाँले राज्य, संगठन र जनताप्रतिको उत्तरदायित्व पूरा गर्दै कुशलतापूर्वक कार्य सम्पादन गर्न निर्देशन समेत दिनु भएको हाे।
साे कार्यक्रममा प्रहरी कार्यालयका अन्य अधिकृत तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले चौरसियाको सफल कार्यकालको कामना गर्दै पदोन्नतिको अवसरमा खुसी व्यक्त गरेकाे हाे ।