अपूर्व न्यूज समाचारदाता । कञ्चनपुर(सप्तरी),२९ असार । सप्तरीको सहयोगी सहकारी र नेफ्स्कुनबीच पूर्ण तथा व्यावसायिक साकोष विकास कार्यक्रम (प्रोबेशन) सम्झौता भएको हाे ।
सहयोगी सहकारी र नेफ्स्कुनबीच पूर्ण तथा व्यावसायिक साकोष विकास कार्यक्रम सम्झौतामा हस्ताक्षर हुदै ।
आइतबार नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) र सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कञ्चनरुप नगरपालिका–८, सप्तरीबीच पूर्ण तथा व्यावसायिक साकोष विकास कार्यक्रम (प्रोबेशन) साे सम्झौता सम्पन्न भएको हाे ।
उक्त कार्यक्रमअन्तर्गत सहकारी संस्थाको नीतिगत, कानुनी, प्रविधिगत र सफल अभ्यासहरूको कार्यान्वयनमार्फत सहकारीको पारदर्शिता, जोखिम व्यवस्थापन, नियमन प्रणाली सुधार र सदस्यहरूप्रति विश्वास सुदृढ गर्ने लक्ष्य लिइएको हाे।
सहकारी पारदर्शिता र विश्वास मजबुत बनाउँदै सहयोगी साकोष
साे सम्झौतामा सहयोगी सहकारीका अध्यक्ष अनोेज कुमार यादव र नेफ्स्कुनका कार्यक्रम अधिकृत महेश बराल बीच हस्ताक्षर भएको हो। सम्झौता कार्यक्रममा सहयोगी साकोषका व्यवस्थापक विनोद कुमार दास समेत उपस्थित थिए।
साे कार्यक्रमले सहकारी संस्थाको दिगो सुदृढीकरणमा एक महत्वपूर्ण पाइला सावित हुने विश्वास लिइएको छ।