img

दलित समुदायका लागि प्रभावकारी योजनाहरू समावेश गर्ने प्रतिबद्धता ः नगर प्रमुख गुप्ता

कञ्चनरुप नगरपालिकाको नीति,कार्यक्रम र बजेटमा दलित समुदायको पहुँच बिषयक अन्तरकिया कार्यक्रममा नगर प्रमुख ललन प्रसाद गुप्ता आपना सान्दर्भिक भनाइ राख्दैं ।

अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर(सप्तरी),१२ पुस । कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले भने,–कञ्चनरुप नगरपालिका दलित समुदायलाईृ उकास्न पालिकामा गठित छुवाछुत अनुगमन समितिद्धारा प्रभावकारी योजनाहरु समावेश गर्ने बताउनु भएको हो ।

कञ्चनरुप नगरपालिकाको नीति,कार्यक्रम र बजेटमा दलित समुदायको पहुँच बिषयक अन्तरकिया कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षलगायत समितिका पदाधिकारीसमेतको उपस्थिती ।
कञ्चनरुप नगरपालिकाको नीति,कार्यक्रम र बजेटमा दलित समुदायको पहुँच बिषयक अन्तरकिया कार्यक्रममा नगरपालिकाका वडा अध्यक्ष,कार्यपालिका सदस्यहरूलगायत समितिका पदाधिकारीसमेतको उपस्थिती ।

शुक्रबार कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित आयुष होठलमा स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समिति,कञ्चनरुप नगरपालिकाको सहकार्य एवम् दलित सरोकार मञ्च नेपाल सप्तरीको आयोजनामा कञ्चनरुप नगरपालिकाको नीति,कार्यक्रम र बजेटमा  दलित समुदायकाे पहुँच बिषयक अन्तरकिया कार्यक्रममा सो कुरा बताउनु भएको हो । कार्यक्रममा सहभागीहरूले नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम निर्माणमा दलित समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरे ।

अन्तरकिर्या कार्यक्रममा कञ्चनरूप नगरपालिकाका नगर प्रमुख गुप्ताले भने,– “कञ्चनरुप नगरपालिकाका स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समितिमार्फत कञ्चनरुप नगरपालिकाको नीति तथा कार्यक्रममा समग्र दलित समुदाय विकासका लागि सदेव सहयोग रहने बताए” ।

सो अन्तरकिर्या कार्यक्रममा कञ्चनरुप नगरपालिका नगर उपप्रमुख मुना पोखरेलले,–“भनिन् जबसम्म दलित समुदायको शिक्षाको उन्नती हुने तबसम्म विकास अगाडी बढने भएकाले शिक्षा क्षेत्रमा जोड दिनुपर्ने बताइन्” ।
सो अन्तरकिर्या कार्यक्रममा कञ्चनरुप नगरपालिका वडा नं.८ का वडा अध्यक्ष एवम् कञ्चनरुप नगरपालिकाका प्रवक्तासमेत कृष्ण प्रसाद साहले,–भने दलित विकासका लागि प्राथमिकतामा राख्ने बताए ।
सो अन्तरकिर्या कार्यक्रममा कञ्चनरुप नगरपालिका वडा नं.७ का वडा अध्यक्ष समान्नद चौधरी,दलित कार्यपालिका सदस्य शोभा पासवान, कञ्चनरुप नगरपालिका स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समितिका सदस्यहरु मंगल परियार,जिवछ सरदार,कुलेश्वर सरदार,श्रवण कुमार रामलगायतका वक्ताहरुले दलित समुदायका अधिकार, अवसर र स्थानीय सरकारको जिम्मेबारबारे तथा दलित समुदाय प्रत्यक्ष लाभनै विकासनै दलित समुदायको विकास हुने बताए ।

कञ्चनरुप नगरपालिकाका स्थानीय जातीय भेदभाव तथा छुवाछूत अनुगमन समितिका पदाधिकारीहरुको दोश्रो बैंठकमा समय सान्दर्भिक निर्णय गर्दै ।
कञ्चनरुप नगरपालिकाका स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समितिका पदाधिकारीहरुको दोश्रो बैंठकमा समय सान्दर्भिक निर्णय गर्दै ।

उक्त कञ्चनरुप नगरपालिकाको नीति,कार्यक्रम र बजेटमा पहुँच बिषयक अन्तरकिया कार्यक्रम कञ्चनरुप नगरपालिका वडा नं.८ का वडा अध्यक्ष एवम् स्थानीय जातीय विभेद तथा छुवाछूत अनुगमन समितिका संयोजक जोगेन्द्र पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कञ्चनरुप नगरपालिकाका सामाजिक विकास शाखा अधिकृत एवम् समितिकी सदस्य सचिव शुशिला चौधरीले कार्यक्रम सञ्चालन गरिन् । अन्तरकिर्या कार्यक्रममा दलित सरोकार मञ्च नेपालका कार्यक्रम संयोजक राजकुमार पासवान र मनिष कोईरालाले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

 

 


प्रतिक्रिया दिनुहोस् ।