राजकुमार पासवान ।
जनकपुरधाम, ११ असार । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले दलित र थारु समुदायका प्रतिनिधिहरूलाई प्रदेशस्तरीय राजनीतिक नियुक्तिमा समावेश गरिँदा मधेश प्रदेशभर खैलाबैला मच्चिएको बताए ।
राज्यका सबै निकायमा पूर्ण समावेशिता आवश्यक: मन्त्री राजकुमार लेखी”
बुधबार जनकपुरधाममा आम सञ्चार प्राधिकरण, मधेश प्रदेशद्वारा आयोजित तीनदिने अनलाइन सञ्चार माध्यमका सम्पादकहरूका लागि अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लेखीले आफूले मुलुकको संविधान र प्रचलित कानुनअनुसार थारु समुदायका एक जना अध्यक्ष पदमा र दलित समुदायका एक जनालाई सदस्यको रूपमा नियुक्त गरेको उल्लेख गर्दै सो कदमलाई लिएर अनावश्यक राजनीतिक तरङ्ग सिर्जना गरिएको धारणा व्यक्त गरेकाे ।
संविधान अनुसार थारु र दलितलाई नियुक्त गर्दा विरोध, मन्त्री लेखीको कडा प्रतिक्रिया
उनले भने, “मधेश प्रदेशका विभिन्न समिति, आयोग र प्रतिष्ठानमा सयौंको संख्यामा नियुक्ति हुँदा आवाज उठ्दैन, तर मैले एकजना थारु र एक दलितलाई अवसर दिएपछि लेखीले के गर्न खोज्यो भनेर हल्ला फैलाइन्छ।”
मधेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री लेखीले आफू कुनै व्यक्ति वा शक्तिको डरले झुक्ने खालको नभएको प्रष्ट पार्दै संविधान, प्रचलित ऐन तथा नियमावली बमोजिम अघि बढ्ने बताए।
उनले दलित, थारु, आदिवासी जनजाति, मधेसी लगायतका ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायलाई राज्यको मुलधारमा ल्याउन आफुले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे।
राजनीतिक दल र तिनका भातृ संस्थाहरू नै समावेशी नबनेको आरोप लगाउँदै मन्त्री लेखीले खोक्रा भाषणभन्दा राज्यका सबै निकायमा अनिवार्यरूपमा पूर्ण समावेशिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
प्रदेश स्वायत्त र अधिकार सम्पन्न बनाउन जनदबाब आवश्यक: मन्त्री लेखी”
उनले हाल प्रदेशप्रति जनतामा देखिएको वितृष्णा समाधानका लागि प्रदेशलाई झन् स्वायत्त र अधिकारसम्पन्न बनाउन जनदबाब आवश्यक रहेको बताए।
कार्यक्रममा आम सञ्चार प्राधिकरण, मधेश प्रदेशका अध्यक्ष जितेन्द्र खडगाको अध्यक्षता रहेको थियो भने विशिष्ट अतिथिका रूपमा चलचित्र तथा लोक सञ्चार प्रवर्द्धन बोर्डका अध्यक्ष किशोर कुमार लेखी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रेस सल्लाहकार अवधेश कुमार झा उपस्थित थिए।
त्यसैगरी मिडिया काउन्सिलका सदस्यहरू मन्नु कुमार पासमान, सुरेश यादव लगायत विभिन्न सञ्चारकर्मी तथा सरोकारवाला व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो।