राजकुमार पासवान ।
जनकपुरधाम, २६ असार । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जयकान्त राउतले पार्टीभित्रको अवसरवाद अन्त्य गर्दै सबै नेताकार्यकर्तालाई ईमान्दार,निष्ठावान् र नेतृत्वप्रति जिम्मेवार बन्न आग्रह गरेका छन।

साे सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सिंगो मधेश र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न आन्तरिक असन्तुष्टिभन्दा माथि उठेर एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
नेतृत्वविरुद्धको षड्यन्त्र असफल पार्न राउतको आह्वान
साे डा. राउतका अनुसार स्वराज स्थापना र समावेशी परिवर्तनका लागि पार्टीले छोटो समयमा ऐतिहासिक सफलता प्राप्त गरिरहे पनि केही स्वार्थी समूहले झिनामसिना असन्तुष्टिहरू उचालेर षड्यन्त्र गरिरहेका छन्।
डा. सीके राउतमाथि सुनियोजित घेराबन्दी, मधेशी मुद्दा नै लक्षित”
डा. सीके राउतमाथि भइरहेको सुनियोजित घेराबन्दीप्रति चिन्ता व्यक्त गर्दै उनले यस्तो नेतृत्व असफल हुनुले समग्र मधेश र मधेशी समुदायको सपना धुमिल हुने चेतावनी दिए।
साे संवाद सहकार्य र राजनीतिक परिपक्वताको माध्यमबाट आन्तरिक मतभेद समाधान गर्न र अफवाह तथा विभाजनकारी गतिविधिबाट सचेत रहन पनि उनले कार्यकर्तालाई आग्रह गरेका छन्।
