img

मधेशका मुख्यमन्त्री सिंह र संघीय खानेपानी मन्त्री यादवकाे भेटवार्ता : मधेशबारे दुई तहको सरकार एकमत


राजकुमार पासवान ।
जनकपुरधाम,३१ असार । मधेश प्रदेशमा दिनप्रतिदिन चर्किँदो खानेपानी संकट समाधानका लागि संघीय र प्रदेश सरकार संयुक्त अभियानमा जुट्ने सहमति भएको हाे।

जनकपुरधाममा मधेश प्रदेशका मुख्यमन्त्री सिंह र संघीय मन्त्री प्रदीप यादव बीच भेटवार्तामा गम्भीर छलफल गर्दै ।

मंगलबार जनकपुरधाममा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र संघीय खानेपानी, सरसफाइ तथा सिँचाइमन्त्री प्रदीप यादव बीच भएको भेटवार्तामा तत्काल र दीर्घकालीन समाधानका उपायहरूमाथि गम्भीर छलफल भएको हाे।
दुवै पक्षले खानेपानी समस्या समाधानका लागि संघीय र प्रदेश सरकारका संयन्त्रहरूलाई संयुक्त रूपमा परिचालन गर्ने र उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै समस्या समाधानको अभियान तत्काल सुरु गर्ने सहमति गरेका हुन्।

मधेशको खानेपानी संकट अन्त्यका लागि संघीय र प्रदेश सरकारको संयुक्त पहल

साे मुख्यमन्त्री सिंहले जनताले भोगिरहेको खानेपानी संकटको संवेदनशीलता बुझेर जनताको दुःखमा सँगै उभिने गरी काम गर्न सबै सरोकारवाला निकायहरूलाई निर्देशन दिएको जानकारी दिनुभयो।
“अबको काम केवल योजना बनाउने होइन, कार्यान्वयनमै जोड दिइनेछ,” उहाँले भन्नुभयो।
साे संघीय मन्त्री यादवले खानेपानीसँग सम्बन्धित ससर्त योजनाहरू तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै, दुवै तहका सरकार एकै ठाउँबाट अगाडि बढ्ने वातावरण बनिसकेको उल्लेख गर्नुभयो।

संघीय र प्रदेश संयन्त्रको साझा परिचालन गर्दै खानेपानी समस्या समाधान थालनी

साे भेटवार्तामा मधेश प्रदेश सरकारका उर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादव, संघीय खानेपानी मन्त्रालयका सचिव प्रमिला देवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, साथै दुवै सरकारका विज्ञ तथा प्राविधिकहरूको उपस्थिति थियो।
साे बैठकपछि दुबै मन्त्रीले मधेश प्रदेशका संकटग्रस्त क्षेत्रहरूमा खानेपानी आपूर्ति सहज बनाउने कार्य तत्काल थालिने बताएका छन्।


प्रतिक्रिया दिनुहोस् ।