जनकपुरधाम, असार ११ । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले जनकपुरधामको बाह्रबिगहा क्षेत्रमा निर्माण भइरहेको थारु कुट्टी भवनको निरीक्षण गर्नुभएको हाे।

बुधबार मन्त्री लेखीकै विशेष पहलमा प्रदेश सरकारको बजेट अन्तर्गत निर्माण भइरहेको यस भवनको कार्य तीव्र गतिमा अघि बढिरहेको छ।
हाल दुई तल्ले संरचनामा २० वटा कोठासहितको थारु कुट्टी निर्माणाधीन अवस्थामा रहेको छ। भवन सम्पन्न भएपछि आगन्तुकहरूलाई निःशुल्क बसोबासको सुविधा उपलब्ध गराइनेछ। यसले जनकपुरधाम भ्रमण गर्ने पर्यटक तथा पाहुनालाई सहज आवास सुविधा प्रदान गर्ने विश्वास लिइएको छ।
निरीक्षणका क्रममा मन्त्री लेखीले भविष्यमा थप एक तला निर्माण गरी भवनलाई तीन तल्ले बनाउने योजना रहेको जानकारी दिनुभयो।
थारु संस्कृति र पहिचान प्रवर्द्धनमा केन्द्रित यो कुट्टी पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
साे मन्त्री लेखीले यस्तो परियोजनाले स्थानीय संस्कृति, भाषा र जीवनशैलीको संरक्षण र प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।