img

गृहमन्त्री राजकुमार लेखीद्वारा एमालेभित्रको अराजक गतिविधिप्रति गम्भीर आपत्ति


अपूर्व न्यूज समाचारदाता ।
जनकपुरधाम,१९ असार । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार लेखीले सप्तरीमा विकास निर्माणका कार्यहरूप्रति निरन्तर लागिरहेकै अवस्थामा केही व्यक्तिहरूले अनर्गल, झुठा र भ्रामक आरोप लगाइरहेको भन्दै असन्तुष्टि व्यक्त गरिएको हाे।

मधेश प्रदेशका गृहमन्त्री राजकुमार लेखी

बिहीबार गृहमन्त्री एवम् नेकपा एमालेका केन्द्रीय सदस्य लेखीले,भने-एमाले निकटका कार्यकर्ता बचुलाल चौधरी, डम्बर राई, अभिषेक गुप्तालगायतले विगत केही महिनादेखि लक्षित ढंगले आक्षेप लगाउँदै आएकोप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।

अध्यक्ष ओलीले अभियान सही भने, तर जिल्लामा आरोपको वर्षा” :मन्त्री लेखीको गुनासो

साे सम्बन्धित विषयमा पार्टीका शीर्ष नेताहरूलाई समयमै जानकारी गराइसकिएको भन्दै एमाले सप्तरीभित्रै यस्तो प्रकारको गतिविधि मौन समर्थनमा भइरहनु चिन्ताजनक भएको जनाइएको छ।
“गाउँ गाउँमा पुग्दा र विकास निर्माणमा चासो देखाउँदा पार्टीकै केही नेताहरूबाट डाह, ईर्ष्या, कुन्ठा र जलनको व्यवहार देखिनु दुःखद हो,” सम्बद्ध व्यक्तिले बताएका छन्।

सप्तरीमा एमाले कार्यकर्ताबाट झूठा आरोप: गृहमन्त्री लेखीले बोलेन मौन रहने चेतावनी

नेकपा एमाले केन्द्रीय सदस्य तथा गृहमन्त्री लेखीले भने मलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भएको भेटघाटमा अध्यक्षले “तपाईंको अभियान सही छ,” भनेर समर्थन जनाएको उल्लेख गर्दै, नेतृत्वस्तरबाट प्राप्त हौसलाका बाबजुद जिल्ला तहमा यस्तो अराजक गतिविधि हुनु आपत्तिजनक भएको प्रतिक्रिया दिइएको छ।
नेकपा एमाले केन्द्रीय सदस्य तथा गृहमन्त्री लेखीले थपे,-सम्बन्धित स्थान र अवसरमा म आफ्नो धारणा सार्वजनिकरूपमा राख्नेछु बताए ।”

अर्को तिर नेकपा एमाले केन्द्रीय सदस्य तथा गृहमन्त्री लेखीले नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवम् सप्तरी इन्चार्ज सुमनराज प्याकुरेललाई आपनै कार्यक्रताहरुबाट अराजक गतिविधि हुनु आपत्तिजनक भएको प्रतिक्रिया आएको बारे जानकार गराउदाँ कुनै प्रतिक्रिया नदिएकाे बताए ।
यता सप्तरीका डम्बर राईले गृहमन्त्री राजकुमार लेखीलाई प्रश्न गर्दै भनेका छन्, “नेता कमरेड, सप्तरीमा कुन ठूलाे विकास गर्नु भएछ ? जहाँजति गर्नु भयो, त्यहाँ तपाईंको विरोध कहाँ गरियो ?” उनले मन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले झूठा आरोप लगाउनु भएको हाे।


प्रतिक्रिया दिनुहोस् ।